
काठमाडौं : कजारिया रमेश टायल्सले काठमाडौंमा आफ्नो वार्षिक डिलर्स मिट २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ । ‘राइज टु रुल’ थिममा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो। कार्यक्रमले सामूहिक उपलब्धिहरूको उत्सव मनाउने, उत्कृष्ट योगदानको कदर गर्ने, व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने र सहकार्य तथा उत्कृष्टतामार्फत दिगो विकासप्रतिको कम्पनीको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अवसर प्रदान गरेको थियो ।
कजारिया सेरामिक्सका उपाध्यक्ष तथा कजारिया रमेश टायल्सका अध्यक्ष चेतन कजारिया र कजारिया अन्तर्गतको ग्रेसबन्डका प्रमुख कार्तिक कजारियाको विशेष उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिले व्यावसायिक साझेदारीलाई थप मजबुत बनाउँदै दीर्घकालीन सम्बन्ध विकास गर्ने कम्पनीको निरन्तर प्रयासलाई झल्काएको थियो । उक्त अवार्डमार्फत उनीहरूको उत्कृष्ट कार्यसम्पादन, समर्पण र ब्रान्डको विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गरिएको थियो । साथै, कजारियाको बजार उपस्थिति विस्तार गर्न डिलर नेटवर्कले खेलेको महत्वपूर्ण भूमिकालाई समेत सम्मान गरिएको थियो ।
डिलर तथा व्यवसायी साझेदारहरूको संजाल कजारिया रमेश टायल्सको बजार सफलताको मुख्य आधार रहँदै आएको छ । यो डिलर्स मिट रणनीतिक योजना र आपसी समझदारीको मंच मात्र नभई साझा प्रतिबद्धता, सहकार्य र महत्वाकांक्षाको उत्सव पनि थियो। व्यावसायिक साझेदारहरूको निरन्तर साथ र समर्पणले कम्पनीको यात्रामा महत्वपूर्ण भूमिका खेलेको छ, जसले आगामी दिनमा अझ ठूला उपलब्धि र प्रगतिको बाटो सुनिश्चित गरेको छ ।