एजेन्सी : स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनका बाँकी खेलहरु आगामी जुनमा शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेल महामारी कम हुँदै गएपछि शुरु गर्ने तयारी थालिएको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदै जाने क्रम जारी रहेमा खेल शुरु गर्नका लागि चार हप्ताको समय लाग्ने ला लिगाले जनाएको छ । क्लबहरुले लिगका बाँकी खेल शुरु गर्नका लागि योजना बनाउन थालेका हुन् ।
लकडाउनमा पनि केही छुट दिन थालिएपछि क्लवहरु यही हप्ताबाट प्रशिक्षणमा फर्कदैछन् । व्यक्तिगत प्रशिक्षणपछि सानो समूहमा प्रशिक्षण गर्ने र त्यसपछि मात्रै टिम प्रशिक्षणको योजना छ । त्यसअघि खेलाडीको कोरोना संक्रमण परीक्षण समेत गरिने छ ।
शीर्ष डिभिजनका खेलाडीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षणको व्यवस्था गरिएको छ । प्रशिक्षणमा सुरक्षात्मक उपाय अनिवार्य अपनाउनुपर्ने व्यवस्था गरिएको छ । कोरोना संक्रमण शुरु भएपछि मार्चदेखि नै स्पेनमा फुटबल गतिविधि स्थगित गरिएको छ । ला लिगामा यो सिजनका ११ चरणका खेलहरु बाँकी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies