२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कृष्णनगरको विकास र व्यवस्थापनका लागि सहकार्य आवश्यक

Nada
शहबाज खान
२०८१ माघ ३ गते २०:३४
Shares
कृष्णनगरको विकास र व्यवस्थापनका लागि सहकार्य आवश्यक

कपिलवस्तु : उद्योग वाणिज्य संघ कृष्णनगरको पुस १९ गते सम्पन्न निर्वाचनबाट नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।

ncell

नवनिर्वाचित अध्यक्ष रितेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल प्रमुख अतिथि थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक दानबहादुर कार्की, कपिलवस्तु जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रतिनिधि सभा सदस्य सेराज फारुकी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जम्शेर अली मियाँ, पूर्वसांसद अभिषेक प्रताप शाह, प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री अर्जुन केसी र प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जानकी प्रसाद यादव लगायतको उपस्थित रहेको थियो । 

नवनिर्वाचित अध्यक्ष रितेश शर्माले संघको हकहित र व्यवसायिक विकासका लागि समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा व्यापारीहरुको दुर्घटना बीमा योजना लागू गर्ने, कार्यालय सञ्चालन खर्चको लागि रकम व्यवस्थापन गर्दै बाँकी रकम बैंकमा स्थायी निक्षेपमा राख्ने र नयाँ सदस्यहरूको मनोनयन गर्ने, सल्लाहकार समिति र प्रेस सल्लाहकारमा अंकुश श्रीवास्तवलाई मनोनयन गर्ने निर्णय भएको वरिष्ठ उपाध्यक्ष नसरुल्ला खानले जानकारी दिए । 

कार्यक्रममा प्रमुख अतिथि मन्त्री ढकालले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै कृष्णानगर बजारको आधुनिक विकास र व्यवस्थापनका लागि सबै पक्षहरूको सहकार्य आवश्यक रहेको बताए । 

साथै, संघ र प्रदेश सरकारबीच सहकार्य गरी कृष्णानगरको समग्र विकासमा योगदान दिन आफू प्रतिबद्ध रहेको उनले बताए । नवनिर्वाचित अध्यक्ष शर्माले पूर्व अध्यक्षहरूको नीति र सिद्धान्तलाई आत्मसात गर्दै व्यापारीहरूको हितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए ।

सपथ ग्रहण समारोहले उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई उत्साह प्रदान गर्दै आगामी दिनमा व्यवसायिक क्षेत्रको समृद्धिका लागि नयाँ आयाम खोल्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर