२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

सिर्जना

Nada
२०८१ माघ ५ गते ०६:१०
Shares
सिर्जना

–शैलेन्द्र थापा

ncell

तरुना र तरुनीको विदेश सयर चलेपछि
रोएको छ पूरा मुलुक फटाहाले दलेपछि

भलो होला मुलुकको सोचाइ नै बेकार भो
नियतद्वारा नियति नै सदाबहार छलेपछि

कोद्वारा हो हुने यहाँ समाजको संरक्षण 
मूर्ख सामु बौद्धिकता लम्पसार ढलेपछि

जोगाउने भए आगो लाग्नबाटै जोगाउनु
के काम त्यो कुवा खन्नु घर पूरै जलेपछि ।

ताजा खबर

सम्बन्धित खबर