२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सिर्जना

shivam cement
२०८१ माघ ५ गते ०६:१०
Shares
सिर्जना

–शैलेन्द्र थापा

तरुना र तरुनीको विदेश सयर चलेपछि
रोएको छ पूरा मुलुक फटाहाले दलेपछि

भलो होला मुलुकको सोचाइ नै बेकार भो
नियतद्वारा नियति नै सदाबहार छलेपछि

कोद्वारा हो हुने यहाँ समाजको संरक्षण 
मूर्ख सामु बौद्धिकता लम्पसार ढलेपछि

जोगाउने भए आगो लाग्नबाटै जोगाउनु
के काम त्यो कुवा खन्नु घर पूरै जलेपछि ।

सम्बन्धित खबर