इमरान खान/मध्यान्ह
कपिलवस्तु : यस जिल्लामा एकै दिन कोरोना भाइरस संक्रमित २४ जना थपिएका छन् । जिल्लाको भारतीय सिमावर्ती यशोधरा गाउँपालिकामा २४ जना संक्रमित थपिएका हुन् । संक्रमित थपिनेहरुमा वडा नं. १, २ र ८ का रहेका छन । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा उनीहरुलाई कोरोना देखिएको हो ।
संक्रमितमध्ये दुई बर्षीया बालिका पनि रहेकी छिन । बुधबार कपिलवस्तुमा कोभिड १९ थप २४ जनामा पोजेटिभ पुष्टि भएकामध्ये यशोधरा गाउँपालिका वाड न. १ का बर्ष २०, २४, ३६, ४० र ५५ बर्षका एक एक जना बर्ष ३० का पॉचजना र ३४ बर्षका दुईजना पुरुष गरी १२ जना रहेका छन् भने वाड न २ का बर्ष ४४, ३५, २३, २२का ४ पुरुष र बर्ष २ की बालिका १ जना, वाड न ८ का बर्ष ३४, ३०, ३१, ४०, ३५, १९ र २५का पुरुष ७ जना रहेका छन् । उक्त नमुना यही जेठ २ र ८ गते संकलन गरि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान दाङमा लगेर परीक्षण भएको हो ।उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा छन् । यिनीहरुको अनिरुद्ध माध्यामिक बिद्यालयमा स्वावनमुना परिक्षण गरिएको थियो ।
सोमबार साँझमात्र लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाका एक एक गरी दुई जना कोरोना संक्रमित भेटिएका थिए । त्यो पनि मंगलबार मन्त्रालयले अध्यावधिक गरेको हो ।
यशोधरा गाउँपालिकामा यसभन्दा अगाडी १२ जना संक्रमित भएकोमा मंगलबार २४ थपिएसंगै त्यहाँ संक्रमितको संख्या ३६ पुगेको छ । मंगलबार र सोमबार साँझ गरी २६ जना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । जसमा ११ जना निको भएर घर फर्किसकेका छन् । नयां सक्रमितलाई आइसोलेसनमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गाउँपालिकाले छलफल गरिरहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies