२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

५२ अंकले बढ्यो शेयर बजार, कारोबार रकम नौ अर्बमाथि

Nada
२०८१ माघ ९ गते १५:२५
Shares
५२ अंकले बढ्यो शेयर बजार, कारोबार रकम नौ अर्बमाथि

काठमाडौंः बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ५२.३६ अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ । आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार जम्मा ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज बढेर ९ अर्ब २० करोड पुगेको छ । 

ncell

यस्तै, आज कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रहेको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको मूल्य  १० प्रतिशतका दरले बढेको छ । साथै  ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ९.८१ प्रतिशत र  एचआइडिसीएलको मूल्य ८.४८ प्रतिशतले बढेको छ । 

समूहगत रुपमा आज अन्य समूहको मूल्य सबैभन्दा धेरै अर्थात् ४.२४ प्रतिशतले बढ्यो भने बैंकिङको १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा १.०० र व्यापारको २.४५ प्रतिशतले बढेको छ ।

ताजा खबर

सम्बन्धित खबर