काठमाडौं : सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौंबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र क्याफेबीच बैंकका ग्राहकहरूलाई हार्डरक क्याफे दरबारमार्ग काठमाडौंमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त छुट प्राप्त गर्न बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्नुपर्नेछ । बैंककाअनुसार सो छुट फुड र बेभरेज (नन–अल्कोहलिक) मा प्राप्त हुनेछ । उक्त सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।