२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भियतनाम प्रहरीले अवैध डलरकाे कारोबार गर्ने गिरोहलाई गर्‍यो कारबाही

Nada
२०८१ माघ १० गते १४:२४
Shares
भियतनाम प्रहरीले अवैध डलरकाे कारोबार गर्ने गिरोहलाई गर्‍यो कारबाही

काठमाडौंः भियतनाम प्रहरीले बाह्य देशबाट एक अर्ब २० करोड डलर बराबरको अवैध रकम मुलुकमा ल्याउने पाँच व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ । 

ncell

सन् २०२२ देखि २०२४ सम्म बैंक कर्मचारीसहितको गिरोहले परिचयपत्र र बैंक छाप जालसाजी गरी १८७ व्यवसाय स्थापना गरी छ सयभन्दा बढी कर्पोरेट बैंक खाता खोलेका थिए ।

यी खाताहरू विदेशमा धोखाधडी वा जुवाको माध्यमबाट प्राप्त गरिएको पैसा स्थानान्तरण र वैधानिक बनाउन प्रयोग गरिएको थियो । प्रहरीका अनुसार उनीहरूको कूल लेनदेन करिब एक अर्ब २० करोड डलर ९३० हजार अर्ब डोङ० थियो ।

एक बैंक कर्मचारीसहित पक्राउ गरिएका व्यक्तिहरू डानाङमा थिए । प्रहरीले यो मध्य तटीय सहरमा सार्वजनिक भएको सबैभन्दा ठूलो अवेध सम्पत्ती कारोबार सम्बन्धी मुद्दा भएको बताएको छ । प्रहरीले गिरोहबाट १२२ वटा नक्कली छाप र ४० वटा व्यापार दर्ता प्रमाणपत्रका मूल प्रतिलिपिहरू जफत गरेको छ ।

अक्टोबरमा भियतनामी व्यापारी ट्रुओङ माई लानलाई मनी लन्ड्रिङको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो । यद्यपि उनले फैसला पुनरावलोकनका लागि पुनरावेदन गरेका छन् । प्रोपर्टी डेभलपर उनलाई पहिले नै छुट्टै मुद्दामा २७ अर्ब डलरको ठगीका लागि मृत्युदण्ड दिइएको थियो ।

सम्बन्धित खबर