२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा

Nada
२०८१ माघ ११ गते १६:३४
Shares
‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा

काठमाडौंः आजदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । यस अगाडिका शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आए पनि आज भने एक मात्र चलचित्र प्रदर्शन भएको हो ।

ncell

यसको निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले नेपालभरका चलचित्र भवनमा चलचित्र प्रदर्शन भएको जानकारी दिएको छ । पहाडी समुदायकी केटी र मधेशी समुदायको केटा सामाजिक सञ्जालमार्फत भेट भएपछि निम्तिने घटनाक्रमलाई चलचित्रमा देखाइएको निर्देशक दीपेन्द्र गौचनले बताए । 

उनले भने, ‘तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधतालाई समेटेर तयार गरिएको चलचित्रले मिथिला भाषालाई पनि समेटेको छ, पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आए पनि मधेश कमै आएका छन्, हामीले प्रयोग गरेको स्थानीय मैथिली भाषा सहरिया दर्शकका लागि फरक हुनेछ, जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु ।’

वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’लगायत निर्देशन गरेर परिचित भएका निर्देशक गौचनले नेपाली चलचित्रमा कमै देखिने मधेशको कथालाई विषय बनाउनाका साथै मैथिली भाषाको प्रयोग गरेका छन् । ‘भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेर चलचित्रको कथा तयार गरिएको छ, यसले मधेशको नयाँ पाटोलाई दर्शकमाझ प्रस्तुत गर्छ’, उनले भने । 

चलचित्रको अधिकांश दृश्यमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई देखाइएको छ । उनले दुई मात्रको मनोविज्ञान र रहनसहनले दुई भिन्न समुदायको प्रतिनिधित्व गर्ने निर्देशक गौचनले जानकारी दिए । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठले सीताको भूमिका निर्वाह गरेकी छन् । उनीहरू दुवैले पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया उक्त प्रदर्शनीमा चलचित्रकर्मीले दिए । 

चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन् । 

सम्बन्धित खबर