२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

हरि कटुवालले ल्याए ‘नयाँ बाटो रोज्दै छु’

Nada
२०८१ माघ ११ गते २०:३८
Shares
हरि कटुवालले ल्याए ‘नयाँ बाटो रोज्दै छु’

काठमाडौं : गायिका समीक्षा अधिकारी स्वरमा ‘नयाँ बाटो रोज्दै छु’ बोलको गीत सार्वजनिक भएको छ । हरि कटुवालको शब्द रहेको गीतमा वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

ncell

गीता ढुंगाना र पर्वत गदाइलीको अभिनय रहेको म्युजिक भिडियोको छायांकन र निर्देशन देवराज आचार्यले गरेका हुन् । सञ्जीव बराइलीको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको म्युजिक भिडियोको सम्पादन र कलर पदम सुवेदीले गरेका हुन् ।

ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो हाइलाइट्स नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा युवा युवतीबीचको सफल हुन नसकेको प्रेम देखाइएको छ भने पीडाका बाबजुद आफूलाई बलियो बनाएर अघि बढ्न सकिन्छ भन्ने सन्देश दिइएको छ ।


सम्बन्धित खबर