२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

अर्घाखाँची जोड्ने ठूला सडकहरुमा बजेटको कमी हुँदैन : महानिर्देशक पोख्रेल

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ १२ गते २०:२३
अर्घाखाँची जोड्ने ठूला सडकहरुमा बजेटको कमी हुँदैन : महानिर्देशक पोख्रेल

अर्घाखाँची : सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सडकमा राम्रोसँग काम गराउन सडक कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । नेपालका सडकहरु गुणस्तरीय छन् भन्ने कुरा नेपाली जनताले महसुस गर्ने गरी सडकका कामहरु हुनुपर्ने उनले बताए । 

काम सम्पन्न भएका तर भुक्तानी नपाएका निर्माण व्यवसायीको भुक्तानी कामको आधारमा  अर्थ मन्त्रालयसँग समन्वय गरी भुक्तानी दिने गृहकार्य भइरहेको पोख्रेलले बताए । 

मध्यान्हसँगको कुराकानीमा उनले सिफारिस गर्ने तर, भुक्तानीको कुरा अर्थ मन्त्रालयमा निर्भर हुने भएकोले सोही अनुसार अगाडि बढ्ने बताए ।

अर्थ मन्त्रालयले जति छिटो गर्छ, त्यति छिटो निर्माण व्यवसायीहरुको सडक कार्यालयहरुमार्फत भुक्तानी गर्न सकिने उनले बताए । पहाडि सडकहरुको स्थलगत निरीक्षण गर्दै अर्घाखाँचीको सालझन्डि सन्धिखर्क ढोरपाटनको अनुगमनमा आएका महानिर्देशक पोख्रेलले अनुगमन गर्दा सडकको काम सन्तोषजनक देखिएको बताए । 

यस्तै, बुटवल–नारायणघाट सडकखण्डका कारण विभागलाई समस्या पनि भइरहेको उनले बताए । फकाएर भएपनि पुरानो निर्माण व्यवसायीलाई काम गर्न लगाउनुपर्ने अवस्था आएको उनले बताए । 

ठेक्का तोडेर काम गर्दा विभिन्न समस्या आउन सक्ने भन्दै उनले सालझन्डिदेखि ढोरपाटनसम्मको सडक गोरुसिङ्गेदेखि सन्धिखर्कको सडकलाई विभागले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाले अब बजेटको कमी नहुने जिकिर गरे ।

संघीय सुपरीवेक्षण सडक कार्यालय पोखराका सु.ई.नरेन्द्र सुवेदीले उपयोगिताका आधारमा प्राथमिकता दिइ संख्यात्मक रूपमा मात्र नभइ गुणात्मक पक्षलाई ध्यान दिन अनुरोध गरे । 

सुवेदीले प्रत्येक आयोजनाको विवरण चुस्त राख्न, अभिलेख प्रणालीलाई व्यवस्थित बनाउन र कार्यक्षेत्रमा रहेर काम गर्न कार्यालय प्रमुख तथा आयोजना प्रमुखलाई निर्देशन दिए । कार्यसम्पादनका क्रममा बेरुजु फर्छ्यौटलाई ध्यान दिँदै बेरुजु नहुने ढंगबाट काम गर्न उनले अनुरोध गरे । सालझन्डि–सन्धिखर्क सडकको प्रगति यसको अवस्था साथै समस्या समधानका उपायका बारेमा योजना प्रमुख गागल कुमार भण्डारीले अनुगमन टोलीलाई जानकारी गराएका थिए ।

ADVenergy

सम्बन्धित खबर

Advertise