काठमाडौं : वरिष्ठ गायिका दिपानारायण झाको स्वरमा रहेको गीति एल्बम 'कोपिलाको पुकार'को एक समारोहका बीच लोकार्पण गरिएको छ । समाजसेवी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठको 'यात्रा शुभारम्भ' कवितामा संग्रहित कविता 'कोपिलाको पुकार'लाई अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेलले गीति लयमा तयार पारेका हुन् ।
गीतकार संघको आयोजनमा लोकार्पण गरिएको उक्त एल्बममा विभिन्न गायक गायिकाहरुको स्वर रहेको छ । गीतकार संघका अक्ष्यक्ष वशन्त वित्यासी थापाको सभापतित्वमा सम्मपन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले गीतकार सरला श्रेष्ठको गीति लेखन र कोपिलाको पुकारका बारेमा आफ्ना धारणहरु राखेका थिए । कार्यक्रमा वरिष्ठ गीतकार चुडामणि देवकोटा, वरिष्ठ गीतकार बीबी थापा, गीतकार संघका उपाध्यक्ष रमेश कोइराला, विशिष्ट संगीतकार राजु सिंह, विशिष्ट गायिका संगीता रानालगायतले गीति एल्मबका बारेमा चर्चा परिचर्चा गरे ।
लामो समयको अन्तरालपछि लोकप्रिय गायिका दिपा झाको आवाजलाई नेपाली स्रोताहरु माझ ल्याउन पहल गरेकोमा संगीतकार राजु सिंहले गीतका गीतकार र संगीतकारलाई धन्यवाद व्यक्त गरे । गीतकार श्रेष्ठ पनि 'कोपिलाको पुकार'लाई दर्शक स्रोतामाझ ल्याउन पाएकोमा खुसी थिइन् । कार्यक्रममा वरिष्ठ गीतकार नारायण कुमार आचार्य, वरिष्ठ संगीत संयोजक अमुल कार्की ढली, वरिष्ठ संगीतकार कीर्ति न्यौपाने, वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेती, भिडियो सम्पादक विनोद बम, गीतकार रञ्जना न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
उक्त एल्बममा लक्ष्मण पोखरेल, नरेन्द्र प्यासी, बना भट्टराई, सरोज पोखरेल, शंकर थापा स्माइलको संगीतमा दिपा झा, अन्जु पन्त, प्रताप दास, बबिना भट्टराई, शिवराम विश्वकर्मालगायतको स्वर रहेको छ । 'कोपिलाको पुकार'मा लक्ष्मण पोखरेलको संगीत, मनोज चौलागाईंको एरेन्ज, प्रकाश मिश्रको ध्वनि सम्पादन, अमिर शेखको रेकर्डिङ, आनन्द दल सिंह गहतराजको निर्देशन रहेको छ ।