२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

सडक निर्माणका क्रममा गुणस्तरीयतामा ध्यान दिन आग्रह

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ १३ गते २१:२५
सडक निर्माणका क्रममा गुणस्तरीयतामा ध्यान दिन आग्रह

बुटवल : एसियाली बैंकको सहुलियतपूर्ण ऋणमा संचालन हुने ग्रामीण सडक संजाल सुधार आयोजना आरसी आइपी एफ–अन्तर्गत पर्ने रुपन्देहीको  भगवानपुर–धक्धई–खैरेनी सडक निर्माण/स्तरोन्नति गर्ने विषयमा सरोकारवाला, निर्माण व्यवसायी, सडक सुधार सन्जालका प्राविधिक इन्जिनियर, जनप्रतिनिधिहरुबीच छलफल भएको छ । 

देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव खरेलको अध्यक्षतामा बसेको उक्त समन्वय बैठकमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले सडकहरु  निर्माण हुँदा स्थानीय स्तरमा निर्माण व्यवसायीले गुणस्तरीय काम गरे/नगरेको अनुगमन गर्ने निकाए स्थानीय जनता भएकाले कामको गुणस्तरीयतामा ख्याल  गर्न जनप्रतिनिधिलाई आग्रह गरे । 

उनले तीन तहका सरकारहरुले मिलेर विकास निर्माणका कामहरु गुणस्तरीय गराउन पहल गर्नुपर्नेमा जोड दिए । 

बैठकमा नेपाल विधुत् प्राधिकरण बुटवल वितरण केन्द्र  तथा भैरहवा वितरण केन्द्रका प्रमुखहरु, खानेपानी उपभोक्ता संस्थाका प्रमुख, प्रमुख तथा प्रतिनिधिहरु  सडक डिभिजन कार्यलय  बुटवलका प्रतिनिधि, देवदह नगरपालिकाका वडाध्यक्षहरु, निर्माण व्यवसायीका प्रतिनिधि तथा आयोजना कार्यालयका कर्मचारीको उपस्थिति रहेको आयोजना प्रमुख नरेन्द्र खड्काले जानकारी दिए । 

सडक निर्माण कसरी हुँदै छ ?, यसबाट  लाभान्वित हुने जनसंख्या, यसको बजेट मापदण्ड लम्बाई, चौडाई   निर्माण कम्पनीसँग ठेक्का सम्झौता गर्दा भएका सर्तहरु थप योजना यस सडको महत्व, सडक निर्माण सम्पन्न गर्नुपर्ने समयवधिका बारेमा आयोजना प्रमुख नरेन्द्र खड्काले प्रस्तुतीकरण गरेका थिए । 

सडक निर्माण गर्दा सडकको मापदण्डभित्र पर्ने विद्युतका पोलहरु  स्थानान्तरण गर्ने,  सो सडक क्षेत्रभित्र खानेपानीका पाइपहरु, सिँचाईका पाइपहरु, ड्याम्म लगायत संरचनाहरुको  व्यवस्थापन  गर्ने लगायतका  विषयमा छलफल भएको थियो । 

छलफलमा सरोकारवाला निकायले आवश्यक सहयोग र समन्वय गर्ने तथा  कामको जिम्मेवारी लिएको  निर्माण व्यवसायीले सरोकारवाला निकायसँग समन्वय गरी तोकिएको समयमा गुणस्तरीय ढंगले  सडक  निर्माण कार्य सम्पन्न गर्ने  प्रतिबद्धता व्यक्त गरेका थिए । 

करिव ११ किलोमिटर सो  सडक ७ मिटर चौडाई (डवल लेन) निर्माण गरी २ वर्षभित्र स्तरोन्नतीसहित निर्माण सम्पन्न गरी बाँनिया निर्माण सेवा, हेटौंडा ले आयोजना कार्यान्वयन इकाई बुटवललाई हस्तान्तरण गर्ने गरी भ्याटसहित ३७ करोडमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख खड्काले बैठकमा जानकारी गराएका थिए ।

ADVenergy

सम्बन्धित खबर

Advertise