२०८१ माघ १५ गते मङ्गलवार / Jan 28 , 2025 , Tuesday
२०८१ माघ १५ गते मङ्गलवार
Ads

यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा साह नियुक्त

hardik ivf
मध्यान्ह
२०८१ माघ १३ गते २१:३६
यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा साह नियुक्त

काठमाडौं : नेपालको खाद्य बजारमा दरिलो उपस्थिति जनाउन सफल खाद्य पदार्थ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले ग्लोबल कार्यकारी निर्देशकमा जीपी साहलाई नियुक्त गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा यशोदा फुड्सले साहलाई ग्लोबल कार्यकारी निर्देशक नियुक्त गरेको घोषणा गरेको हो । कार्यक्रममा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले साहलाई खादा र फूलको गुच्छासहित ग्लोबल कार्यकारी निर्देशकका रूपमा स्वागत गरेका थिए ।

ग्लोबल कार्यकारी निर्देशकमा साहको नियुक्तिले यशोदा फुड्सको नयाँ र उत्साहजनक अध्याय सुरुवात भएको कम्पनीको भनाइ छ । उनको लामो अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्ने यशोदा फुड्सले जनाएको छ । साहले ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा नवीनतम योजनाहरू नेतृत्व गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

यशोदा फुड्सका अनुसार रेभिन्युमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै इन्टरप्राइजको मूल्य अभिवृद्धिका लागि साहको राम्रो रेकर्ड छ । त्यस्तै, प्रडक्सन, इन्जिनियरिङ, प्रडक्ट डेभलपमेन्ट, अपरेसन, प्रोजेक्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्री, मार्केटिङ, अन्तर्राष्ट्रिय बजार विस्तार र ३५ भन्दा बढी देशमा मार्केटिङ तथा एडभरटाइजिङ लगायतमा पनि उनको अनुभव छ ।

साहले कन्जुमर गुड्स ब्रान्ड चाउचाउ, एक्स्क्रुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसला, इन्स्ट्यान्ट पास्ता, सिगरेट, फलफूलजन्य पेय पदार्थ, इनर्जी ड्रिंक्स तथा बियर उत्पादनमा काम गरेका छन् । यशोदा फुड्समा प्रवेश गर्नुअघि साहले भारत कोलकातास्थित स्न्याक्स, खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी अन्नपूर्ण स्वादिष्टमा एडिसनल डाइरेक्टर तथा ज्वाइन्ड म्यानेजिङ डाइरेक्टर भएर काम गरेका थिए ।

ADVenergy

सम्बन्धित खबर

Advertise