२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

कबवेब ब्यान्ड कतार आउँदै

draupadi film
तिलु शर्मा पौडेल
२०८१ माघ १४ गते २१:०१
कबवेब ब्यान्ड कतार आउँदै

दोहा, कतार : नेपालको लेजेण्ड ब्यान्ड “कबवेब” कतार आउने भएको छ । दोहाको मुटु मुग्लिनामा रहेको भिआइपी होटेलको मीजाइनिन फ्लोरमा रहेको ‘प्लानेट लन्ज एन्ड क्लब’ले आयोजनाको घोषणा गरेको "रक नाइट"मा प्रस्तुति दिन ब्यान्ड कतार आउन लागेको हो ।

कतारमा स्थापित व्यवसायी तथा एसियाना दोहोरी साँझ तथा गजल बारका सञ्चालक समेत रहेका प्रविन गुरुङले सञ्चालनमा ल्याएको उक्त क्लबमा ब्यान्डले यही शुक्रबार जनवरी ३१ तारिक राति प्रस्तुति दिने छ । क्लबले पाँचौं पटक नेपाली इभेन्टको आयोजना गर्न लागेको क्लबका सञ्चालक प्रविन गुरुङले मध्यान्ह दैनिकलाई जानकारी दिए । लाइभ ब्यान्डले आफ्ना चर्चित गीतहरू मार्‍यो नि मार्‍यो, मर्सिडीज बेन्ज, तिम्रो माया, राजनीति, नमस्ते, मेरो लागि, होडबाजी, प्रतिबिम्बलगायतका गीतहरू प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा प्रवेश गर्न जोडीका लागि १ सय, पुरुषका लागि एक ७० र महिलाका लागि पचास कतारी रियाल शुल्क कायम गरिएको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । अर्यालले प्रत्येक टिकटमा कार्यक्रम स्थलमा "कम्पिलिमेन्ट्री ड्रिंक" निःशुल्क उपलब्ध गराइने बताए । कार्यक्रमका लागि क्लबको ढोका दिउँसो ६ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक प्रस्तुति सुरु हुने बताए । कला, गीत, संगीतलाई माया गर्ने सबैलाई कार्यक्रममा उपस्थितिका लागि क्लब सञ्चालकले अनुरोध गरेका छन् । थप जानकारीका लागि कार्यक्रम संयोजकलाई ७०६६५६४४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise