काठमाडौं : विगत २४ वर्षदेखि काठमाडौंको रवि भवनमा सञ्चालन हुँदै आएको रोज ब्युटी एकेडेमीले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । सो वार्षिकोत्सव समारोह रोज एकेडेमीको प्रबन्ध निर्देशक एवं गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयकी प्राध्यापक कस्मोलोजिस्ट परिषी कारंजितको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो एकेडेमीबाट ब्युटीसम्बन्धी एक वर्षीय डिप्लोमा उत्तीर्ण गरेका बहुसंख्यक र सो एकेडेमीमार्फत सिटिईभिटीबाट लेबल वान र लेबल टुको परीक्षासमेत उत्तीर्ण गरेका केहीसहित ७० जना ब्युटीसियनहरूलाई कार्यक्रममा दीक्षित गर्दै प्रमाणपत्र प्रदान गरियो ।
लायन तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष वरिष्ठ ब्युटीसियन सोनी कारंजितको संयोजनमा सम्पन्न सो समारोहमा अतिथि अभिनेता भुवन केसी र गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयका प्रमुख डाकुरनाथ (डिएन) पराजुली थिए । कार्यक्रममा रोज ब्युटी एकेडेमीको बारेमा विभिन्न वक्ताहरूले चर्चा गरेका थिए ।