२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

सुशीला र शिशिरको राष्ट्रभावले ओतप्रोेत ‘उठ नेपाली, जुट नेपाली’ रिलिज

hardik ivf
मध्यान्ह
२०८१ माघ १६ गते ११:४२
सुशीला र शिशिरको राष्ट्रभावले ओतप्रोेत ‘उठ नेपाली, जुट नेपाली’ रिलिज

काठमाडौं : सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गरेको राष्ट्रभावले ओतप्रोेत गीत भिडियोसहित रिलिज भएको छ । वरिष्ठ  गायक तथा संगीतकार शिशिर योगीले स्वर दिएको उक्त गीत कवयित्री अधिकारीको आफ्नै युट्युब च्यानल ‘सिर्जनाको चौतारी’मार्फत बुधबार बिहान रिलिज भएको हो ।

अधिकारीले राष्ट्रको सम्मान स्वरूप कोरेका शब्दहरुमा गाइएको उक्त गीत ‘शहीद दिवस’ अर्थात माघ १६ गतेको अवसर पारेर भिडियोसहित रिलिज गरिएको हो । 

देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली, जुट नेपाली’ मा अगाडि भनिएको छ ‘पहाड हाम्रै हो, तराई हाम्रै हो, सबै मिलेमा, देशलाई राम्रै हो । उठ नेपाली, जुट जुट नेपाली –२, सम्बृद्ध नेपाल हेर्नु छ, न फूट नेपाली, उठ नेपाली लौ जुट नेपाली –२ ।’

युट्युब च्यानलमार्फत सार्वजनिक भएको केही घण्टामै उक्त भिडीयोसहितको राष्ट्रिय गीतले धेरैको मन जितिसकेको छ । मनोहर सुनामले संगीत संयोजन गरेको उक्त गीत दील समर्पणले रेकर्ड गरेका हुन् । प्रकाश मिश्रको मिक्सिङ रहेको सो गीतको दृष्यांकन भने वीरेन्द्र भाट विपिनले गरेका छन् । एकौस्टिक नेपालमा रेकर्डिङ भएको सो गीतको पोस्ट प्रोडक्सन वल्र्ड कभर मिडिया प्रा.लि.ले गरेको हो ।

चर्चित गायक योगीले गीतका शब्दको भावले आफ्नो मन छोएकाले सो गीत आफूले गाएको प्रतिक्रिया दिए । उनले यो गीत आजको युगको आवश्यकता भएको र आजको नेपाल र नेपाली जनजनको नारा भएको भन्दै संगीत गर्दा र गाउँदा आफू निक्कै भावुक भएको बताए । 

आफूले नेपालीहरूलाई एकताको सन्देशसहित फुटेर होइन जुटेर अघि बढ्न र राष्ट्रियताप्रति गम्भिर बन्न आग्रह गर्ने उद्देश्यले उक्त गीत सिर्जना गरेको कवयित्री अधिकारीले जानकारी दिइन् । उनले भनिन्, ‘गीतमा देशको रक्षा गर्न र शान्ति छर्न नेपालीहरु फुट्न हुन्न भन्ने भाव समेटिएको छ । कृपया मेरो गीत रचनातर्फको पहिलो प्रयासलाई अध्याधिक मन पराइदिएर हौसला प्रदान गर्नुहुनेछ भन्ने आशा गरेकी छु ।’


ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise