२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

विराट म्युजिक एन्ड फिल्म अवार्ड सम्पन्न

shivam cement
२०८१ माघ १६ गते १९:११
Shares
विराट म्युजिक एन्ड फिल्म अवार्ड सम्पन्न

काठमाडौं : विराट म्युजिक एन्ड फिल्म अवार्ड सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा श्रष्टा, सर्जकहरुलाई अवार्ड तथा सम्मान प्रदान गरी ‘विराट म्युजिक एन्ड फिल्म अवार्ड’को तेस्रो संस्करण चलचित्र विकास बोर्ड चाबहिलमा सम्पन्न भएको संयोजक सुरज पौडेलले जानकारी दिएका छन् ।

‘तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१’ मा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई २५ हजार ५५५ रुपैयाँ नगदसहित दिर्घ साधना सम्मान प्रदान गरियो । पत्रकार सामिप्यराज तिमल्सेनालाई नगद ११ हजार १११ रुपैयाँ नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरियो । 

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो । अवार्ड कार्यक्रममा प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको उपस्थिति रहेको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.को विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाली चलचित्र र गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर