२०८१ माघ १८ गते शुक्रवार / Jan 31 , 2025 , Friday
२०८१ माघ १८ गते शुक्रवार
Ads

प्रेस चौतारी अर्घाखाँचीको अध्यक्षमा केसी

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ १७ गते २०:४६
प्रेस चौतारी अर्घाखाँचीको अध्यक्षमा केसी

अर्घाखाँची : प्रेस चौतारी नेपाल जिल्ला शाखा अर्घाखाँचीको ७ औं जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनको नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले पत्रकारले जनताका खास समस्या बाहिर ल्याउन आवश्यक रहेको बताए । यस्तै सत्यतथ्यमा आधारित पत्रकारिताको आवश्यक रहेको भुसालले बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव खगेश्वर पन्थी, एमाले नेता दिपा आचार्य, सिद्दी भुसाल, पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम प्रेस चौतारी अर्घाखाँचीका उपाध्यक्ष सबिता आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् । 

कार्यक्रममा पत्रकार महासंघमा नवनिर्वार्चित कार्यसमितिका पदाधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष शोभाखर पन्थी, पूर्व उपाध्यक्ष वीरेन्द्र केसी र सन्धिखर्क एफए(मका स्टेसन म्यानेजर श्याम घिमिरेलाई पनि पुरस्कृत तथा सम्मान गरिएको छ । उनीहरुलाई प्रकाश स्मृति पत्रकारिता पुरस्कार– २०८१ बाट बिहीबार सन्धिखर्कमा पुरस्कृत गरिएको छ ।

बिहीबार भएको बन्द सत्रले नवीन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा सिद्धार्थ केसी, महिला उपाध्यक्षमा करिश्मा खनाल, सचिवमा नवीन रसाइली, सहसचिवमा लक्ष्मी खनाल, सहसचिव समावेशी कमला परियार र कोषाध्यक्ष प्रकाश प्यूठानी चयन भएका छन् । 

यस्तै सदस्यहरूमा चन्द्र पाण्डे, किरण खनाल, हिमाल पौडेल,रमेश कुमार थापा, कमलप्रसाद भुसाल, केशव पन्थी, सम्झना ज्ञवाली, रिना सुनार, कोपिला आचार्य चयन भएकी छन् । 

यस्तै प्रदेश प्रतिनिधिमा माया पन्थी, माधव वेल्वासे, सविता आचार्य,केन्द्रीय प्रतिनिधि शोभाखर पन्थी, वसन्त श्रेष्ठ, भगवता पाण्डे निर्वाचित भएकी निर्वाचन आयोग केन्द्रीय अध्यक्ष गणेश खनालले बताए । 

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise