काठमाडौं : दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् ।
अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि गायक राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको हो ।
गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए ।
उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको बताइएको छ ।
राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए ।