२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

चोभारमा इम्पावर हन्टरको वनभोज सम्पन्न

shivam cement
२०८१ माघ २० गते ०६:३०
चोभारमा इम्पावर हन्टरको वनभोज सम्पन्न

काठमाडौं : वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था इम्पावर हन्टर एचआर सोलुसन स्थापनाको दशौं वर्षमा प्रवेश गरेको छ । राजधानीको सिनामंगलमा रहेको उक्त म्यानपावर कम्पनीले हालसम्म १९ हजार ९ सय ४५ जना नेपाली कामदार यूएई, साउदी अरेबिया, मलेसिया र कुवेतलगायतका देशमा वैदेशिक रोजगारीमा पठाएको छ ।

उक्त म्यानपावर कम्पनीका म्यानेजिङ डाइरेक्टर केदारनाथ अधिकारीले गत वर्ष २ हजार ७ सय ६९ जना कामदार पठाएर धेरै कामदार पठाउने कम्पनीको सूचीमा ७ औं स्थानमा रहेको मध्यान्ह दैनिकलाई बताए । उक्त कम्पनीले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा १ हजार ८ सय ४२ जनालाई वैदेशिक रोजगारमा पठाएको छ ।

निरन्तररूपमा ठूलो संख्यामा नेपाली कामदारलाई वैदेशिक रोजगारमा पठाउन सफल उक्त म्यानपावर कम्पनीले विगत एक दशकदेखि ३७ जनालाई स्वदेशमै पनि आकर्षक तलब र सुविधाको रोजगारी दिन सलफ भएको छ । मुलुकका विभिन्न शहरमा ४ वटा शाखा संचालन गरेर वैदेशिक रोजगरीमा जान चाहने युवायुवतीलाई छिटो छरितो र भरपर्दाे सेवा प्रदान गरिरहेको उक्त म्यानपावर कम्पनीले विशेषगरी क्लिनिङ, निर्माण, सूचना प्रविधि तथा आईटी र कन्ट्र्याक्टिङ कम्पनीमा कामदार पठाउँदै आएको पनि संचालक अधिकारीले जानकारी दिए । 

वार्षिकोत्सवका अवसरमा उक्त म्यानपावर कम्पनीले शनिबार राजधानीको चोभारमा बृहत् वनभोज कार्यक्रम सम्पन्न गरेको छ । वनभोज कार्यक्रममा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामेश्वर राय यादव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका तर्फबाट आध्यक्षका उम्मेदवार नरेश गेलाल, संघका तृतीय उपाध्यक्ष तथा मञ्च नेपालका महासचिव मिलन कट्टेल, नेपाल वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्व अध्यक्ष तथा संघको निर्वाचनमा प्रथम उपाध्यक्षका उम्मेदवार नरेन्द्रप्रसाद ढकाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, उपाध्यक्ष परमेश्वर अधिकारी, महासचिव कुन्छा दोर्जे दिमदोङ, एशोसिएसनका प्रथम उपाध्यक्ष विनोद जंग केसी, तृतीय उपाध्यक्ष सेमन्तराज न्यौपाने, संघका पूर्वतृतीय उपाध्यक्ष किशोर केसीसहित  वैदेशिक रोजगार व्यवसायीका विभिन्न जातीय तथा भेगीए घटक संस्थाका वर्तमान तथा पूर्वअध्यक्षहरू र प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेकोे थियो । वनभोज कार्यक्रममा सांगीतिक प्रस्तुति पनि रहेको थियो ।

संचालक अधिकारीले म्यानपावर कम्पनी, कर्मचारी परिवार र व्यवसायीबीच आपसी एकता तथा भाइचारको सम्बन्ध र भावना बलियो बनाउने उद्देश्यले वनभोज कार्यक्रम राखिएको बताए । उनले वनभोज कार्यक्रमले कला संस्कृतिको संरक्षण र कर्मचारी तथा व्यवसायीलाई तनाव मुक्त भइ रचनात्मक एवं सिर्जनात्मक कार्यमा अग्रसर हुने प्रेरणा मिल्ने भन्दै निमन्त्रणा स्वीकार गरी सहभागी भएकोमा सबैप्रति आभार प्रकट गरे ।

कम्पनीले वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने केही कर्मचारीलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरेको बताएको छ । वनभोज कार्यक्रममा यूएईस्थित रोजगारदाता कम्पनीका सीईओ सैफ हुसेनलगायतको पनि उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise