काठमाडौं : आगामी फागुन २ गते हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि व्यवसायीहरूबीच प्यानल बनाउने प्रतिस्पर्धा तीव्र बनेको छ । नेपाली कांग्रेस निकट नेपाल वैदेशिक रोजगार व्यवसायी एशोसिएसनमा आबद्ध व्यवसायी दुई प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् ।
अध्यक्ष र महासचिव पदमा उम्मेदवार सार्वजनिक गरेको वैदेशिक रोजगार व्यवसायी प्रगतिशील मञ्च नेपाल र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँग तालमेल गरेर प्यानल बनाएर अन्य प्यानलसँग प्रतिस्पर्धा गर्ने योजनाअनुसारको छलफलमा देखिएका छन् ।
उता तालमेलका लागि सबै संस्थासँग छलफलमा रहेको एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन संघको भूमिका र विधान संशोधनका लागि छलफलमा जुटेको छ । सोमबार दिउँसो राजधानीको नयाँ बानेश्वरस्थित अर्याल होटलमा अन्तरक्रिया राखेको संगठनले एजेन्डाका आधारमा संघको निर्वाचन हुनुपर्ने बताएको छ ।