२०८१ माघ २० गते आइतवार / Feb 02 , 2025 , Sunday
२०८१ माघ २० गते आइतवार
Ads

गणतान्त्रिकका ६ उम्मेदवार सार्वजनिक

hardik ivf
२०८१ माघ २० गते ०६:५०
गणतान्त्रिकका ६ उम्मेदवार सार्वजनिक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वप्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाको नेतृत्वमा उम्मेदवारी सार्वजनिक गरेको छ । भान्तना रोज ओभरसिज प्रा.लि.का संचालक हुन् ।

प्रमुख घटक नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालसँगका छलफलमा सहमति नभएपछि गणतान्त्रिक मञ्चले शनिबार अध्यक्ष, महासचिव र सदस्य पदका केही उम्मेदवार सार्वजनिक गरेको हो । 

सो प्यानलको महासचिवमा आकृति रिक्रुटिङ प्रा.लि.का संचालक तथा मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङ उम्मेदवार बनेका छन् । सार्वजनिक गरिएका ४ सदस्यका उम्मेदवारहरूमा  युनिभर्सल एचआर सोलुसन प्रा.लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि.की सञ्चालक रेखा शर्मा, इगल मेनपावर कन्सल्ट्यान्ट प्रा.लि.का संचालक कृष्ण ढकाल र रोजबर्ड एचआर प्रा.लि.का संचालक मेघबहादुर राउतको उम्मेदवारी सार्वजनिक गरेको छ ।

मञ्चले राष्ट्रिय स्वतन्त्र पार्टी निकट रहेका र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ र तराईबाट प्रतिनिधित्व गर्ने व्यवसायीहरूसँग सहकार्य गरी १–२ दिनभित्र अन्य पदहरूमा उम्मेदवार सार्वजनिक गर्ने बताएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise