काठमाडौं : विगत एक दशकदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा क्रियाशील तथा मनोपरामर्शदाताका रुपमा सक्रिय मनोविद् तथा गीतकार प्रमिला वस्ती सम्मानित भएकी छन् ।
मनास्लु मिडिया प्रा.लि.द्वारा संचालित मनास्लु पोष्टको आठौं वार्षिकोत्सवको अवसरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको हातबाट गीतकार वस्तीलाई आइकन अवार्डबाट सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । मनास्लु पोष्टका प्रधानसम्पादक मनबहादुर पुनको सभापत्विमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मनोविद् वस्तीका गीतहरुमा प्रमोद खरेल, अस्मिता अधिकारी, रचना रिमाललगायतका गायक गायिकाले स्वर दिइसकेका छन् ।