२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

उम्मेदवार बारेको निर्णय पुनर्विचार हुने

shivam cement
२०८१ माघ २१ गते ०६:१५
उम्मेदवार बारेको निर्णय पुनर्विचार हुने

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अध्यक्षसहित उम्मेदवारका बारेमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले यसअघि गरेकोे निर्णय पुनर्विचार हुने भएको छ ।

एसोसिएसनको गत हप्ता बसेको कार्यसमिति बैठकले संघको अध्यक्षमा संघका पूर्व द्वितीय अध्यक्ष भूवनसिंह गुरुङको नेतृत्वमा प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्ष अलर्ट ओभरसिज प्रा.लि.का संचालक देवकुमार खोखाली र महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का संचालक महेशकुमार बस्नेत उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सदस्यहरूमा दीपककुमार राय, विद्यालक्ष्मी बज्राचार्य, देवीप्रसाद गिरी, विश्वास तिमिल्सिना र सुवर्ण लामा गरी ९ जनाको उम्मेदवारी टुंगो लगाएको छ । बिहीबार राति अबेर उक्त निर्णय गरेकोे एसोसिएसन अध्यक्ष दीपक थापाले बताए । एसोसिएसनले तृतीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य केही दिनमा टुंगो लाग्ने बताइएको थियोे । एसोसिएसनको उक्त निर्णयविरुद्व एसोसिएसनमा आवद्व अध्यक्षका ६ जना आकांक्षी व्यवसायीले  लिखित विरोध गर्दै विज्ञप्ति जारी गरेका थिए ।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका तर्फबाट निर्णय सच्याउने बताएका थिए । अध्यक्षका लागि गुरुङसहित सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का संचालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का संचालक सुजितकुमार श्रेष्ठ, फ्युजन इन्टरनेसनल प्रा.लि.का संचालक कुमुद खनाल, फेमस ह्युमन रिसोर्स प्रा.लि.का संचालक चिरञ्जीवी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रा.लि.का संचालक मेघनाथ भुर्तेल, गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिंह गुरुङ र एसआरके ओभरसिज प्रा.लि.का संचालक किशोर के. सी.को दाबी परेको छ । 

एसोसिएसनको पछिल्लो निर्णयविरुद्व आइतबार एसोसिएसनका पूर्वअध्यक्षसहित ३ दर्जन व्यवसायीले महामन्त्री गगन थापा समक्ष विरोध जनाएका थिए । उनीहरूले बिदाको दिन मध्यरातमा निर्वाचनका लागि  अन्य आकांक्षी र व्यवसायीलाई बाहिर राखेर निर्णय गरिएको भन्दै विरोध जनाएपछि महामन्त्री थापासहित नेताहरूबीच एकतालाई बलियो बनाउनेगरी सबैको भावना समेटेर पुनः निर्णयमा पुग्ने र यसअघिको निर्णयमा  पुनर्विचार गरिने सहमति बनेको नेपाली कांग्रेस वैदेशिक रोजगार तथा आप्रवासन विभागका प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले बताए ।

लोकतन्त्रमा  प्रत्येक व्यक्तिको व्यक्तिगत मत र भावनालाई समेटिनुपर्ने मान्यतालाई सम्मान गर्दै निर्णयमा पुनर्विचार हुने उनको भनाइ छ । संघको अघिल्लो निर्वाचनमा विद्रोह भएपछि एसोसिएसनमा यस पटक जसरी भए पनि सर्वसम्मतिले उम्मेदवार छनोट गर्नुपर्ने दबाब छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise