२०८१ माघ २१ गते सोमवार / Feb 03 , 2025 , Monday
२०८१ माघ २१ गते सोमवार
Ads

प्रदीप भट्टराईको गीत ‘उमेर ढल्केको’ आउँदै, हेर्नुहोस् टिजर

hardik ivf
मध्यान्ह
२०८१ माघ २१ गते १४:५५
प्रदीप भट्टराईको गीत ‘उमेर ढल्केको’ आउँदै, हेर्नुहोस् टिजर

काठमाडौं : गायक, गीतकार तथा संगीतकार प्रदीप भट्टराईको शब्द रहेको ‘उमेर ढल्केको’ बोलको गीत आगामी शुक्रबार सार्वजनिक हुँदैछ । गायक रवि ओडको स्वर रहेको उक्त म्युजिक भिडियोको टिजर भने आइतबार सार्वजनिक गरिएको छ । म्युजिक भिडियो रवि ओडकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रदीप भट्टराईकै संगीत रहेको गीत सेभेन स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा निरज श्रेष्ठ (धिरज)को एरेन्ज तथा मिक्सिङ मास्टरिङ रहेको छ ।

अंकुर गुरुङ र विशाल केसीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता जयकिशन बस्नेत, मोडल विना राउत र गायक रवि ओडको अभिनय देख्न सकिन्छ ।

अंकुर गुरुङको छायांकन रहेको म्युजिक भिडियोमा सम्पादन र कलर ब्लिंकिङ आइज भिडियो प्रोडक्शनको रहेको छ ।

भट्टराईका यसअघि पनि म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् । ५ वर्षअघि सार्वजनिक उनको ‘खाडी देशको’ बोलको गीत निकै चर्चित छ ।


ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise