२०८१ माघ २१ गते सोमवार / Feb 03 , 2025 , Monday
२०८१ माघ २१ गते सोमवार
Ads

वीपीएलको तयारी तीव्र, टिम खरिदका लागि आवेदन खुल्ला

hardik ivf
सत्यराज सिंह
२०८१ माघ २१ गते १७:०७
वीपीएलको तयारी तीव्र, टिम खरिदका लागि आवेदन खुल्ला

बझाङः बझाङको बुंगल नगरपालिकामा आगामी वर्ष २०८२ मा आयोजना हुने बुंगल प्रिमियर लिग (वीपीएल) को तयारी तीव्रताका साथ अघि बढेको छ । बुंगल क्रिकेट ट्रेनिङ सेन्टरद्वारा आयोजना गरिने यस लिगको पहिलो संस्करणका लागि टिमहरूको नाम सार्वजनिक गरिएको हाे । घोषित टिमहरूमा पिपल्कोट टाइगर, खिरातडी रोयल्स, देउलिकोट हिरोज, कफल्सेरी लायन्स र दहबगर किङ्स रहेका छन् ।

याेसँगै इच्छुक व्यक्ति, समूह र कम्पनीहरूले अब टिम खरिदका लागि आवेदन दिन सक्नेछन् । बुंगल प्रिमियर लिगका संयोजक मिलन कुँवरका अनुसार, टिम खरिदका लागि आवेदन दिने म्याद २० दिन राखिएको छ भने खरिद मूल्य न्यूनतम ४० हजार तोकिएको छ । टिम खदिका लागि बुंगल नगरपालिकालाई प्राथमिकता दिइने कुँवरले बताए । योसँगै लिगमा सहभागी प्रत्येक टिममा २ जना राष्ट्रिय खेलाडी र एनपीएल खेलेका सातै प्रदेशका २ जना खेलाडीलाई समावेश गरिने उनकाे भनाइ छ ।

बुंगल नगरपालिका– १ को दहबगर खेलमैदान र बुंगल नगरपालिका– ६ झापामा रहेको कन्या मावि क्रिकेट मैदानमा हुने हने खेलको मुख्य उद्देश्य स्थानीय खेलाडीलाई प्रवर्द्धन गर्नु र क्रिकेटको विकासमा योगदान पुर्‍याउनु रहेको आयोजक समितिको भनाइ छ । यस लिगमा विनोद भण्डारी, कुशल भुर्तेल, अभिनास बोहरा, लोकेश बम, किरण कुमार ठगुन्ना, सुनिल दौल्याल, नरेन्द्र साउद, शेर मल्ल, दिपक बोहरा, रूपेश सिंह लगायतका राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहने अपेक्षा आयोजकको छ ।

आयोजकका अनुसार, अहिले खेलमैदानहरूको निर्माण कार्य सुरु भइसकेको छ । दहबगर खेलमैदानको भौतिक संरचनासहित असारसम्म काम पूरा गर्ने लक्ष्य राखिएको छ । साथै खेलमैदान व्यवस्थापनका लागि आवश्यक टेन्डर पनि जारी गरिएको छ । 

ADVenergy

सम्बन्धित खबर

Advertise