काठमाडौँ : छायाँछवि क्रियशनले नयाँ गीत 'ओई माया ओई' सार्वजनिक गरेको छ । माया प्रेममा आधारित उक्त गीतमा कलाकार श्रीदेव भट्टराई र अनामिका चौलागाई फिचारिंग छन् ।
त्यस्तै बालकलाकारका रुपमा परिषा थापा र रोनीश खड्का रहेका छन् । वरिष्ठ गीतकार एवं संचारकर्मी शान्तिप्रीयको शब्द रहेको 'ओई माया ओई' लाई स्थापित संगीतकार दीपक शर्माले संगीत दिएका छन् । सविन सुवेदीको स्वर रहेको गीतमा पहिलो पटक अनामिका चौलागाईले गायनकला पस्तुत गरेकी छन् ।
गीतलाई रेकर्डिङ, मिक्सिंग तथा मास्टरिङ मनोज परियारले गरेका छन् । सियोन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा सन्जीवनी गोपालीको कोरियोग्राफी रहेको छ ।
दिनेश पराजुलीले छायाङकन गरेको म्युजिक भिडियोलाई शिलान लम्सालले कलर र सम्पादनको काम गरेका छन् । भिडियो व्यवस्थापन दीपक थापाले गरेका छन् । गीत तथा म्यूजिक भिडियोलाई सिसि नेपालको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । बालापनदेखि युवा अवस्थासम्मको प्रेमलाई उजागर गर्दै गीत लेखिएको गीतकार शान्तिप्रीयले बताए ।