२०८१ माघ २१ गते सोमवार / Feb 03 , 2025 , Monday
२०८१ माघ २१ गते सोमवार
Ads

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न

hardik ivf
मध्यान्ह
२०८१ माघ २१ गते २०:१३
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न

काठमाडौं : काठमाडौंमा तीन दिनसम्म चलेको छैटौं संस्करण ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डमा विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो ।

महोत्सव नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सहआयोजनामा भएको महोत्सवमा यस पटक ४७ देशका ९८ वटा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । यि सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्र्धातर्फ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड भारतबाट पुभुले हासिल गर्‍यो । चलचित्र पुभुबाटै उत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड मन्जुलन केभीले हासिल गरे भने उत्कृष्ट फिचर चलचित्र निर्देशकको अवार्ड अमेरिकाको चलचित्र ला फोर्सबाट जी ओभानी एम जेल्कोले हासिल गरे ।

यस्तै फिचर तर्फ नै उत्कृष्ट अभिनेत्रीको अवार्ड जर्मनीबाट चलचित्र इम्पियोरबाट अभिनेत्री युनिस कचीरुवाले हासिल गरिन् । यसैगरी महोत्सवमा अन्तर्राष्ट्रिय लघु चलचित्रको अवार्ड बँगलादेशको सर्ट फिल्म सौदाबाट फकिर जिप्लवले, उत्कृष्ट महिला चलचित्रको अवार्ड रसियाको चलचित्र द रि युनियनबाट लोलिता नारान ओभिचले, बाल चलचित्रको अवार्ड भियतनामको चलचित्र लस्ट फर फ्रिडमबाट जाकुभ जाजाकले हासिल गरे ।

अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड क्यानडाको चलचित्र नुरागा भूमिबाट डानियल खान डा लिल्भाले, इन्भारोमेन्टल चलचित्रको अवार्ड स्पेनको चलचित्र द सोल अफ ज्यास्मिनबाट मरिना गार्सिया एन्ड्युले, अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्रको अवार्ड अमेरिकाको अमेरिकन फुल ब्रोडबाट क्रिस्टिना होडेलले हासिल गरे । यस्तै एनिमेसन चलचित्रको अवार्ड साउथ अफ्रिकाको चलचित्र फ्लावर अफ दि पार्टिसनबाट चार्लेस बाडेनहोस्टले, अन्तर्राष्ट्रिय छायांकारको अवार्ड स्पेनको चलचित्र स्पिक सन लाइटबाट जसी लुईस अल्कानीले, उत्कृष्ट चलचित्र स्क्रिप्टको अवार्ड इटालीको चलचित्र आउट डियरबाट ऐस्यान्डो लियोनीले, जुरी मेन्सन अवार्ड अर्जेन्टिनाको चलचित्र द टेम्पल अफ इन्टरनल साउन्डबाट जर्ज क्याराभोटाले, स्पेशन मेन्सन अवार्ड बेलायतको चलचित्र लकडाउन गर्डेन डायरीबाट एड्रिना उलिकले प्राप्त गरे । 

यस्तै पपुलर अवार्ड जर्मनीको चलचित्र सिड वीथ मीबाट अकिफा मियानले, इन्करेजमेन्ट अवार्ड नेपालको चलचित्र जाईन पपेट्स फर डिज्निफाईड मेन्सुरेसनबाट ओडिटी लारामीले हासिल गरे भने महोत्सवमा अन्तर्राष्ट्रियतर्फ आठ जना विदेशी निर्णायकहरूको सहभागिता थियो ।

महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट चलचित्रको अवार्ड ‘बुलाकी’ले चुम्यो भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘पुजार सार्की’बाट दिनेश राउतले आफ्नो पक्षमा पारे । पुजार सार्कीबाटै उत्कृष्ट अभिनेताको अवार्ड आर्यन सिग्देलले र उत्कृष्ट अभिनेत्रीको अवार्ड अञ्जना बराइलीले जिते । राष्ट्रिय प्रतिस्पर्धाको निर्णायकमा संगीतकार शम्भुजीत बासकोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त लगायतका थिए । महोत्सवका अध्यक्ष एवं निर्देशक सन्तोष सुवेदीले समापन समारोहमा सबैलाई धन्यवाद ज्ञापन गरे । यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र विकास बोर्डको सहकार्यमा निकै राम्रो महोत्सव सम्पन्न भएको बताए ।

ADVenergy

सम्बन्धित खबर

Advertise