२०८१ माघ २२ गते मङ्गलवार / Feb 04 , 2025 , Tuesday
२०८१ माघ २२ गते मङ्गलवार
Ads

लुम्बिनी प्रदेशको आठौं स्थापना दिवस : प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ २१ गते २१:४३
लुम्बिनी प्रदेशको आठौं स्थापना दिवस : प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड

भालुवाङ : लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाइएको हो । प्रदेश सभा परिसर राप्ती उपत्यका(देउखुरी)मा भब्य रुपमा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयत स्टलहरु राखेर सरकारले गरेका कामहरु सार्वजनिक गरिएको थियो ।  

प्रदेशलाई बलियो र स्थापीत बनाउन संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयननै आजको आवश्यकता रहेकोमा जोड दिइएको छ । संघीय शासन व्यवस्था लागु भएपनि प्रदेशलाई बलियो बनाउने सवालमा संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा जोड दिइएको हो । तीन तहको सरकारमध्ये प्रदेश संघीयताको बलियो आधार भएको, संघीय शासनलाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा वक्ताहरुको जोड छ । 

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्थानै संघीय शासन व्यवस्था भएको बताए । उनले जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेको भन्दै जनता भन्दा माथि कोही नहुनेमा जोड दिए । 

मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदारण दिन सफल भएको बताए । 

प्रदेश तहमा अझैं धेरै कानुनहरु तर्जुमाको चरणमा रहेको, संघीय कानुनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा संघीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । संघीय सरकारसँगको सहकार्य, स्थानीय तहसँगको समन्वय सहितको सहसम्बन्धबाटै प्रदेशको कार्य सञ्चालनलाई प्रभावकारी पार्न सकिने उनले विश्वास व्यक्त गरे ।

सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह संघीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वको लागि सबैले प्राथमिकतामा राख्नुपर्ने आवश्यक रहेको बताए । ‘संघीय संरचनामा प्रदेश तह झनै नयाँ हो । पहिला कुनै न कुनै हिसाबले संघीय र स्थानीय सरकार थिए । वास्तविक संघियताको अभ्यास गर्ने थलो प्रदेश तह हो’ उनले भने,‘संघीय शासन प्रणालीलाई बास्तिक रुपमा आत्मसाथ गर्न जरुरी छ ।’ 

नेपाली कांग्रेसका दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताए । 

प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको बीचमा साझा प्रतिबद्धता चाहिने बताए  ।

पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफुलाई अब्बल सावित गर्न अझैं ऐतिहासिक कामहरुलाई अघि बढाउन आवश्यक रहेको बताए ।

नेकपा एमाले संसदीय दल उप–नेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताए । 

ADVenergy

सम्बन्धित खबर

Advertise