२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

एशोसिएसनका ६ आकांक्षीले बोलाए आज व्यवसायी भेला

Nada
२०८१ माघ २४ गते ०९:४७
Shares
एशोसिएसनका ६ आकांक्षीले बोलाए आज व्यवसायी भेला

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका आकांक्षी व्यवसायी चुनाव प्रचारप्रसारमा केन्द्रित देखिन थालेका छन् । नेपाली काग्रेसको शुभेच्क्षुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको उम्मेदवारी घोषणामा केही असमझदारी भएपछि सुस्ताएको प्रचारप्रसारको कार्यले गति लिन थालेको छ ।

ncell

एशोसिएसनबाट अध्यक्ष पदका ६ जना आकांक्षीले आफ्ना  पक्षका भनाइ राख्न बिहीबार अपरान्ह ३:३० बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला राखेका छन् । सो समुहमा फ्युजन इन्टरनेशनल प्रा.लि.का सञ्चालक कुमुद खनाल, सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक सुजितकुमार श्रेष्ठ, एसआरके ओभरसिज प्रा.लि.का सञ्चालक किशोरकुमार केसी, फेमस ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक चिरञ्जीवि बस्याल र नील कमल ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक मेघनाथ भुर्तेल रहेका छन् ।

उनीहरूले एशोसिएसनका पूर्वअध्यक्ष र पार्टीको नेतृत्वको साथ आफूहरूलाई रहेको दाबी गरेका छन् । एशोसिएसनको उम्मेदवारी छनोटमा देखिएको असमझदारी हटाएर नेपाली कांग्रेसले शुक्रबार साँझसम्म नयाँ निर्णय गर्ने अनुमान छ । सोही आँकलनका आधारमा अध्यक्षका ६ जना आकांक्षीले बिहीबार भेला बोलाएको बताइएको छ ।

उता अध्यक्षमा भुवनसिं गुरूङसहित प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र केही सदस्य गरी ९ पदको उम्मीदवारी टुंगो लगाएको एशोसिएसनले पनि आफ्नो प्रचारप्रसारको कार्यक्रमलाई निरन्तरता दिएको बताएको  छ ।

सम्बन्धित खबर