२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

यस वर्षभित्र ‘आइटी पार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ

Nada
२०८१ माघ २४ गते १७:१५
Shares
यस वर्षभित्र ‘आइटी पार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र ‘आइटी पार्क’ स्थापना गर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फेर्मवर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक छ भने । उनले भने, ‘काठमाडौंमा यस वर्षभित्रै आइटी पार्क निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।’

ncell

कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल (क्यान महासङ्घ) द्वारा आज आयोजित ३०औँ क्यान इन्फोटेक–२०२५ को शुभारम्भ गर्दै मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताए । सूचना प्रविधिको युगमा आइपुग्दासमेत नेपालमा एउटा पनि ‘आइटी पार्क’ नहुँनु भनेको प्राविधिक हिसाबले पछिपर्नु रहेको बताउँदै उनले आफू मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आइटि नीति, एआइ नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिए ।

‘डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न सूचनाप्रविधिका पूर्वाधार सिर्जना गर्नुपर्छ’, मन्त्री गुरुङले भने, ‘यस वर्ष जसरी पनि काठमाडौंमा एउटा आइटी पार्क बनाउछौँ ।’ त्यस्तै, मन्त्री गुरुङले एआइ नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताए । साथै यसै वर्षभित्र सात सय ५३ पालिकामा फोर जी सबैका घर–घर पु¥याउने र फाइभ जि काठमाडौंबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिए । 

साउथ एसियामै एआइको नीति बनाउने विषयमा नेपालपछि परेको अवस्था दर्शाउँदै मन्त्री गुङले भने, ‘सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ ।’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियोमार्फत शुभकामना सन्देश समेत प्रस्तुत गरिएको थियो । सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले अध्ययादेशमार्फत कानुन ल्याएर विदेशमासमेत लगानी गरी उद्योग सञ्चालन गर्न सकिने वातावरण सिर्जना गरेको र यसले युवा रोजगारमा उत्साह थपेको विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले क्यान जस्ता निजी क्षेत्रको सहकार्यबाट सरकारको डिजिटल फेमवर्क नेपाल बनाउने उद्देश्य सार्थक हुन सक्ने धारणा राखे । क्यानका अध्यक्ष सिनैना घिमिरे पाण्डेलेका अनुसार सरकारले अध्यादेश देशमार्फत ल्याएको कानुनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको बताए । सञ्चार मन्त्रालयले तयार पारेको एआई नीतिमाथि क्यानले सुझाव  दिएर अझै जनमुखी बनाउने समेत अध्यक्ष पाण्डेले बताए ।

ताजा खबर

सम्बन्धित खबर