२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

तामाङ घेदुङ पोर्चुगलले मनायो सोनाम ल्होछार

Nada
भरत प्रधान
२०८१ माघ २४ गते १७:४३
Shares
तामाङ घेदुङ पोर्चुगलले मनायो सोनाम ल्होछार

लिस्बन : नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले धुमधामका साथ सोनाम ल्होछार (नयाँ वर्ष) मनाएको छ ।

ncell

मञ्जुश्री सम्बत् २८६१ तथा (डुल) सा पुख्री ल्होको अवसर पारेर घेदुङले आइतबार राजधानी लिस्बनमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेर धुमधामका साथ ल्होछार मनाएको हो ।

"राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा, धर्म संस्कृति हाम्रो पहिचान" भन्ने नाराका साथ बिदेशी भूमिमा धुमधामका साथ ल्होछार मनाइएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले बताए । सो अवसरमा चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका रमला पाख्रिन, सेलो गायक प्रदिप लामा र गायक कुमार योञ्जनले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिले सहभागीहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा तामाङ समुदायको संस्कृति झल्कने विशेष सांस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा उद्यमी तथा समाजसेवी विजय माेक्तानले संसारकाे जुनसुकै कुनामा पुगेपनि तामाङ समुदायले आफ्ना धर्म, संस्कृति, परम्परा, चाडबाडलाई भुल्न नहुने बताए । धर्म, संस्कृति, परम्परा र मौलिक पर्वहरु हराए अस्तित्व र पहिचान समेत हराउने बताउँदै मोक्तानले त्यसको जगेर्नाका लागि सबै गम्भिर र जिम्मेवार हुनुपर्नेमा जाेड दिए । कार्यक्रममा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, पोर्चुगलका लागि पूर्व पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, आईसीसी सदस्य सूर्य हमाल, एनआरएनए पोर्चुगलका अध्यक्ष दिपा काफ्ले, वुमन एसोसिएसनका उपाध्यक्ष गीता रेउलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रम घेदुङका अध्यक्ष इमानसिंह तामाङकाे अध्यक्षता, उपाध्यक्ष फुर्पा तामाङको स्वागत तथा घेदुङका केन्द्रिय सदस्य सुजन लामा माेक्तानको सञ्चालनमा सम्पन्न भएको थियोे । तामाङ अक्षयकोषको स्थापना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको  कार्यक्रममा पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा पोर्चुगलवासी तामाङ तथा गैर तामाङ नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियोे ।

ताजा खबर

सम्बन्धित खबर