२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

को फस्ट ?

hardik ivf
२०८१ माघ २५ गते ०६:०५
को फस्ट ?

–लेखराज रेग्मी

डोनाल्ड ट्रम्प दुनियाँभर दुस्मन पैदा गर्दै विरोधी एलाइन्सको आधार बनाउन सुरु गरिरहेका छन् । सबैभन्दा पहिले युरोपियन साम्राज्यवादको पूर्ण पतन र आत्मसमर्पण अमेरिका फस्टको पहिलो कदम हो । युरोपियन सुप्रिमेसी अब फिलिङ मात्रै हो तर, यसलाई सांस्कृतिक ढङ्गले नै मेटाउनु अमेरिकी प्रतिष्ठाको कुरा हो । नाटो छोड्ने विषयको प्रचारभित्र रूसी कुटनीतिलाई झुक्याउनेभन्दा फ्रान्स, बेलायत, जर्मनी र इटलीको तेजोवध गर्ने कूटनीति हो । दक्षिण एसियामा अमेरिका फस्ट कहाँ, कसरी देखिन्छ ? सायद चम्चा बाहेक सबैले बुझ्छन् । प्रशान्तमा चीनको हौवा पैदा गराएर इन्डोनेसिया जापान र इन्डियनलाई आफ्नो प्रभावमुनि पार्न र उनीहरूकै बुतामा फस्ट बन्ने कूटनीति देखिन्छ । यसरी आफ्नै पक्षलाई पक्षाघातमा हालेर कति बलियो बन्ला अमेरिका ? 

यस्तै, नेपालमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवम् अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली एक अर्काको सपोर्टमा आ–आफ्ना पार्टीभित्रका आलोचनात्मक मतलाई दबाउन तल्लीन छन् । यही न हो एमालेको सुप्रिमेसी प्लान । अमेरिकाभित्र डिप स्टेट बलियो बनाउने र भत्काउने लडाई भूसको आगो झैँ बढ्दै छ तर, अमेजनको आगजनी जस्तो बन्न सक्ला नसक्ला ? यो पनि सायद सिआइए वा डिपस्टेटको खेल हुनसक्छ, अमेजनको आगो बोक्ने हावाभन्दा ठुलो हौवा । नेका–एमालेभित्रको घर झगडा टाढा नजिकका आफन्तले हावा दिइरहेको महसुस भइरहेको छ । 

तर, आश्चर्य चकित हुने गरी आइरहेको छ, माओवादी फस्टको नारा । पार्टीको न्वारान गर्ने आधाभन्दा बढी पार्टी बाहिर देखिन्छन्, ऊर्जा बनेका प्रचण्ड छन् तर, ‘प्रचण्ड पथ’ छैन । अन्तर्राष्ट्रिय समर्थक शुभचिन्तक सहयोगी रिम कतै चर्चामै छैन । रोल्पाको त्रिवेणी मेला वा बराह क्षेत्रको त्रिवेणी मेला वा गढीमाई मेलाका मेलाहरू जस्तैः आस्थाका बन्दी असरल्ल छन् । तर, प्रचण्डले झोँक फेरेका बाप्रोडक्ट (राजनीतिमा यो ठुलो गाली हो) साँच्चै माओवादी फस्ट बनाउँदै छन् ? हेडक्वार्टरलाई घेराबन्दी गर्नेहरू पार्टी सबलिकरणमा लागिरहेका छन् ? प्रचण्डले पाँडे लवजमै सही लत्तो काढेकाहरू पार्टी बलियो बनाउँदै छन् ? वा प्रचण्डले भनेजस्तै पार्टीलाई गुटको चौतारी बनाउनेहरूले माओवादी फस्ट बनाउनेछन् ? २०५२ले जगाएको आशा २०८२ सम्म बुढो गोरु बन्ने हो कि लक्का भुसतिघ्रे ?

कार्टरदेखि एसडिमुनीसम्म र उनका भजन मण्डलीसम्म जनयुद्धलाई विदेशीले चलाएको भनिरहेका छन् । सकिने संघारमा पुगेका बाबुराम भट्टराईलाई साउथ ब्लकले जीवनदान गराएको हल्ला र संविधान घोषणासँगै उनको मधेसतिर बसाइँ सराई काकताली मात्रै मात्रै हो कि के हो ? पहिलो संविधानसभाको विघटनसँगै मोहन वैद्यहरूको बहिर्गमन कतै रिमको आघात त होइन ? यावत सवालमा नजरअन्दाज गर्दै कसरी बन्ने हो १ नम्बर ? के यो रास्वपाको समकक्ष नारा हो ‘मिसन ८४’ ? मनकामनामा बुर्जुवा केबलकार चलिसक्यो तर, इच्छाकामना गुमनाम जस्तै नाममा मात्र सीमित छ, त्रिशूलीकै अर्को किनारमा । यस्तै नहो बस, क्रान्तिकारी ‘मिसन ८४’ । शुभकामना दिने होइन, राख्ने हैसियत गुटहरूले खोस्न सक्दैनन्, पंक्तिकार त्यही दुर्गको बुर्जाबाट शुभकामना भनिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise