काठमाडैं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति असारमा ल्याउन नसक्ने स्पष्ट पारेको छ । विहीबार मौद्रिक नीतिका सम्बन्धमा भर्चुअल छलफलमार्फत गभर्नर महाप्रसाद अधिकारीले ऋण तिर्न नसक्नेलाई समय थप गर्ने बताए । ‘प्राविधिक कारणले मौद्रिक नीति साउनको पहिलो सातामा मात्र ल्याउनुपर्ने हुन्छ’ गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तिय संस्था र उद्योगी व्यवसायी आत्तिन पर्दैन, ऋण तिर्ने समय थप हुन्छ ।’
उनले बैंकिङ प्रणालीमा समस्या आउदा समग्र अर्थतन्त्रमा नै समस्या पर्ने भन्दै बैंकिङ क्षेत्रलाई जोगाउनु पर्ने बताए । ‘सक्नेले असार ममान्त भित्र ऋणको किस्ताबुझाउनुहोस्, उनले भने, नसक्नेलाई राष्ट्र बैंकले हेर्छ ।’ राष्ट्र बैंकले ऋणको साँवा र व्याजतिर्नका लागि असार मसान्तको समय सीमा तोकेपछि बैंकहरुले ऋण तिर्नका लागि ताकेता गर्न थालेका छन् । जसको कारण कोरोनाले समस्यामा परेका उद्योगहरु मर्कामा परेको भन्दै उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी असार मसान्त भित्रमा नै मौद्रिक नीति ल्याउन आग्रह गरेको थियो ।
मौद्रिक नीति असार मसान्त भित्रमा नै ल्याएर निजी क्षेत्रले लिएको ऋणको पुँजीकरण गर्ने काम गर्नका लागि राष्ट्र बैंकसँग आग्रह गरेको थियो । असार मसान्तभित्र सावाँ र व्याजको भुक्तानी गर्नुपर्ने अवधि सकिने र बैंकहरुले सावा र व्याज भुक्तानीको लागि दवाव दिन सुरु गरेकोले अर्थतन्त्र पुर्णरुपमा चलायमान नहुन्जेल सावाँ र व्याजको भुक्तानीको समयावधि बढाउने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न महासंघले माग गरेको थियो ।
महासंघले विज्ञप्ती जारी गरेको भोलिपल्ट गभर्नर अधिकारीले ऋण तिर्नका लागि दवाव नदिन बैंकहरुलाई आग्रह समेत गरे। उनले आगामी मौद्रिक नीतिमार्फत ऋणको पुनर्तालिकीकरण, व्याजपुँजीकरण लगायतका विषयमा ऋणीहरुलाई मर्का नपर्ने र बैंकहरुलाई पनि असहज नहुने गरी व्यवस्था गरिने बताए ।
गभर्नर अधिकारीले कोभिड १९ का कारण उत्पन्न भएको असहज अवस्था विस्तारै सहज हँुदै गएको दावी गरे । ‘तथ्यांकले नेपालको अर्थतन्त्रविस्तारै पुनचलायमा नहुँदै गइरहेको छ ।’ उनले भने, ‘चैत र बैशाख महिनामा निक्षेपमात्र बढे पनि जेठमा मात्र ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies