२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

गीतकार रञ्जना आइकन अवार्डबाट सम्मानित

draupadi film
मध्यान्ह
२०८१ माघ २५ गते १३:२०
गीतकार रञ्जना आइकन अवार्डबाट सम्मानित

काठमाडौं : कवि, गीतकार तथा समाजसेवी रञ्जना न्यौपाने मनास्लु आइकन अवार्डबाट सम्मानित भएकी छन् । मनास्लु मिडिया प्रा.लि.द्वारा संचालित मनास्लु पोष्टको आठौं वार्षिकोत्सवको अवसरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले गीतकार न्यौपानेलाई मनास्लु आइकन अवार्डबाट सम्मानित गरेकी हुन् ।

लामो समयदेखि शिक्षा पेशामा आबद्ध गीतकार न्यौपाने समाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । कविता, गीत लेखनमा अब्बल मानिने न्यौपानेका लेख रचना विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ । उनका गीतमा स्वरुपराज आचार्य, अन्जु पन्त, बिन्दु परियारलगायतका गायक गायिकाले स्वर दिएका छन् ।

गीतकार न्यौपानेलाई गीत संगीतको क्षेत्रमा र शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अन्य व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । मनास्लु पोष्टका प्रधान सम्पादक मनबहादुर पुनको सभापत्विमा सम्पन्न कार्यक्रममा वरिष्ठ लोक गायक बमबहादुर कार्की, चन्द्रकला शाहलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise