२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

नारायण र प्रतीक्षाले ल्याए ‘औधी मनपराएँ’

hardik ivf
मध्यान्ह
२०८१ माघ २५ गते १४:५८
नारायण र प्रतीक्षाले ल्याए ‘औधी मनपराएँ’

काठमाडौं : नेपाली संगीतको क्षेत्रमा विगत करिब २ दशकदेखि सक्रिय गायक नारायण थापा र लोकप्रिय गायिका शर्मिला बर्देवाको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘औधी मनपराएँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जी मिडिया कनेक्सन युट्युब च्यानल’मार्फत भिडियो सार्वजनिक गरिएको हो । 

चर्चित मोडल प्रतीक्षा काफ्ले र प्रज्वलराज भट्टको बेजोड अभिनय रहेको गीतमा हर्कबहादुर योङहाङ लिम्बूको शब्द, राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजन, मनोज परियारको मिक्सिङ मास्टरिङ, सुबिन गोदारको छायांकन, प्रकाश धितालको निर्देशन र राकेश दाहालको सम्पादन छ ।

भिडियोमा एक जोडीले एकअर्कालाई मनमनै मनपराएको तर त्यो अभिव्यक्त गर्न नसकेको कथावस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । 

उसो त गायक थापाको ‘सोह्रै शृंगार...’, ‘कुनै दिन त...’, टेलिचलचित्र ‘गाउँ फर्क’को शीर्ष गीत ‘गाउँ फर्क...’, ‘परिणाम नखोज तिमी...’, ‘रातभरि...’लगायत ६ दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनका ‘अजम्बरी’ (२०७२), ‘परिवेश’ (२०७७) र ‘आकर्षण’ (२०७९) गरी ३ वटा एल्बम बजारमा आइसकेका छन् भने चौथो एल्बम ‘आभूषण’का गीत रेकर्ड भइरहेका छन् । 

यस्तै, मोडलहरूको भीडमा पृथक् पहिचान बनाउन सफल विगत करिब १ दशकदेखि व्यावसायिक रूपमा नै यस क्षेत्रमा समर्पित प्रतीक्षाले हालसम्म ३ दर्जन बढी म्युजिक भिडियोमा आफ्नो कला क्षमता देखाइसकेकी छन् ।

पछिल्ला दिनमा देशका विभिन्न स्थानमा आयोजित मेला–महोत्सव, मोडलिङ कम्पिटिसन, फेसन शो, स्टेज प्रोग्राम, नयाँ म्युजिक भिडियोको सुटिङ आदिमा व्यस्त उनले ‘तिम्रो आकर्षणले...’, ‘मनका कुरा...’, ‘बुंगो...’, ‘आँखामा निद...’, ‘नघोच यो छाती...’, ‘मुर्रा भैंसी...’, ‘दसैं आयो...’, ‘माया गर्‍यौ...’, ‘तिमीलाई नै...’, ‘सोह्रै शृंगार लाएँ...’, ‘तिम्रो जस्तो हैसियत...’, ‘हेरें सानुलाई...’ आदि गीतको म्युजिक भिडियो र ‘सुन्तलीको पोई’ (टेलिफिल्म)मा अभिनय गरिसकेकी छन् । प्रतीक्षा अभिनीत ‘खतरा होला नि...’, ‘यो हावा चञ्चल हुन्छ...’लगायत गीतको म्युजिक भिडियो सार्वजनिकको पर्खाइमा छन् ।

र त गायक थापाले ‘राष्ट्रिय वर्ष व्यक्ति सम्मान, २०७८’, ‘राष्ट्रिय संगीतकर्मी सम्मान, २०७९’, ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड सम्मान, २०२२’, ‘राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान, २०८०’, ‘सगरमाथा कला सम्मान, २०८०’, ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान’, ‘राष्ट्रिय व्यक्तित्व सम्मान, २०८१’, ‘जिनियस म्युजिक अवार्ड, २०७८’, ‘नेपाल आर्ट कल्चर एन्ड मुभिज अवार्ड, २०७८’, ‘चौथो म्युजिक एन्ड फेसन अवार्ड, २०२३’, ‘स्पर्स म्युजिक अवार्ड, २०२३’, छैटौं सगरमाथा म्युजिक अवार्ड, २०८१’ पाइसकेका छन् भने ‘११औं नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२३’, ‘११औं म्युजिक खबर म्युजिक अवार्ड, २०८१’, ‘विशेष नागरिक अवार्ड तथा स्रष्टा सम्मान, २०८१’ लगायतमा थापाले कुशल निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

यसैगरी ‘नागरिक समाज’को मानार्थ सदस्य, ‘नेपाल म्युजिक भिडियो कलाकार संघ’ र ‘राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’की सदस्य, ‘पिम नेपाल’की उपमहासचिव अनि आभूषण इन्टरटेनमेन्टकी अध्यक्ष प्रतीक्षाले पनि ‘म्युजिक एन्ड फेसन अवार्ड, २०२२’, ‘स्पर्स म्युजिक अवार्ड, २०८०’, ‘सगरमाथा म्युजिक अवार्ड, २०८१’, ‘राष्ट्रिय वर्ष व्यक्ति सम्मान, २०७८’, ‘सगरमाथा कला सम्मान, २०८०’, ‘जिनियस कला सम्मान, २०८१’ लगायत प्राप्त गरिसकेकी छन् ।

उनी ‘दोस्रो काव्य म्युजिक अवार्ड, २०८०’ र ‘१२औं नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२४’ को जुरी (निर्णायक) पनि हुन् ।


ADV

सम्बन्धित खबर

Advertise