२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

संघको साधारण सभा सर्ने भएपछि एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको विरोध

shivam cement
२०८१ माघ २७ गते १७:३२
Shares
संघको साधारण सभा सर्ने भएपछि एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको विरोध

काठमाडौं : एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा तोकिएकै मितिमा गर्नुपर्ने माग गरेको छ । २०८१ फागुन २ गतेका लागि तोकिएको संघको निर्वाचनसहितको साधारण सभा आगामी २०८२ असार १७ गतेलाई सार्ने तयारी भएपछि संगठनले संघलाई एक ध्यानाकर्षण पत्र पठाउँदै तोकिएकै मितिमा साधारण सभा गर्न आग्रह गरेको हो ।

साधारण सभाका लागि प्रक्रिया पनि अघि बढिरहेको अवस्थामा साधारण सभा सार्ने वा ढिलाइ गर्ने प्रयास भइरहेको भान परेको बताउँदै संगठनका अध्यक्ष सन्तकुमार लामाले संघको स्वायत्तता र लोकतान्त्रिक प्रकियाको सम्मान गर्दै तोकिएको मितिमै साधारण सभा सम्पन्न गर्नुपर्ने उल्लेख गरेका छन् ।

साधारण सभामार्फत संघको विधान संशोधन, आगामी दुई वर्षका लागि कार्यदिशा निर्धारण तथा सक्षम नेतृत्व चयन गर्ने महत्वपूर्ण अधिकार सदस्यहरुलाई सुनिश्चित गराएको बताउँदै संगठनले यस अधिकारमा कुण्ठित हुने कुनै पनि प्रकारका षड्यन्त्र वा अवरोधको विरोध गर्ने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर