काठमाडौं : नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा आयोजित भेटघाट तथा बृहत् वनभोज कार्यक्रम शनिबार टोखा, भूतखेल पार्कमा सम्पन्न भएको छ । समाजको विशेष साधारण सभासहितको वनभोज कार्यक्रमको सभापतित्व म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठले गरेकी थिइन् ।
वनभोज कार्यक्रममा कलाकारहरुले आ–आफ्नो सांगीतिक प्रस्तुति दिएर थप मनोरञ्जन प्रदान गरेका थिए भने लोकप्रिय गायक, गायिका, कलाकार र पत्रकार गरी झन्डै १२५ जनाको उपस्थिति थियो । डि.आर. सुजनको संयोजनमा सम्पन्न वनभोज कार्यक्रममा हाँडीफुटाइ लगायतका खेल खेलाइएको थियो ।