२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

व्यावसायिक टिम्मुर खेतीले फेरियो दैनिकी

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ २७ गते २१:३३
व्यावसायिक टिम्मुर खेतीले फेरियो दैनिकी

अर्घाखाँची : अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर २ मा व्यवसायिक टिम्मुर खेती गरेका तुल्सीराम अधिकारीका परिवार आम्दानी देखेर दंग छन् ।

७ वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले गएको  वर्षदेखि फल दिन थालेपछि अधिकारी परिवार  टिमुरको व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् । 

परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जंगली जनावरले समेत नोक्सान गर्दा क्षति हुने भएपछि केही वर्षदेखि बाँझै रहेको उर्वरा जमिनलाई प्रयोग गरी  टिमुरसहित विभिन्न जातका सिजनल तरकारी लगाउन थालिएको छ । 

फलफुल  टिमुर   बेचेर अधिकारी परिवारले  खर्च कटाएर वार्षिक ७/८ लाख रुपैयाँ बचत गर्न थालका छन् । 

सुपादेउराली नजिक रहेको १३७ रोपनी जग्गामा ७ वर्षअघि लगाइएका टिमुरका ४ हजार ४ सय ४२  बिरुवाले गत वर्षदेखि उत्पादन दिन शुरु गरेको किसान तुल्सी अधिकारीले बताए । 

उनका अनुसार ३ वर्ष पहिला फाट्टफुट्ट टिम्मुर फले पनि गत वर्षबाट लटरम्म टिम्मुर फलेको छ । अहिले व्यवसायिक रुपमा बिक्रीवितरण सुरु गरेको अधिकारीले बताए । अधिकारीका अनुसार डिभिजन वन कार्यालय  अर्घाखाँचीले गत वर्ष निःशुल्क बिरुवासहित ६५ हजार खाडल खन्नका लागि रकम उपलब्ध गराएको र यस वर्ष पनि निःशुल्क  बिरुवा दिएको थियोे  ।

स्वास्थ्यबर्धक एवं औषधीय गुण भएको टिमुर खेतीतर्फ  अहिले अर्घाखाँचीका युवाहरुको आकर्षक बढेको देख्दा असाध्यै खुशी लागेको अधिकारी बताउँछन् । 

उनले भने, ‘युवाको उत्साहलाई जीवित राख्न सबै क्षेत्रको सहयोग अपरिहार्य छ ।’  निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न नगदे फलफुल तरकारीको खेती गर्ने अधिकारिले अहिले टिमुरको अलवा कालो अक्कबरे खुर्सानी, उन्नत जातको तिते करेला, काउली, बन्दा, गोलभेडा, लेर्स जातको कुखुरा समेत पालेर बिक्रीवितरण गर्दै आएका छन् ।  

सरकारको राष्ट्रिय वृक्षारोपण रणनीति अनुसार २०७५  सालदेखि डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा शुरु गरिएको सो अभियानअन्तर्गत हालसम्म १२ हजार भन्दा बढी टिमुरका बिरुवा रोपिएको भएपनि अहिले ४ हजार  टिम्मुरले आम्दानी दिन थालेका छन् । लामो समयदेखि बाँझै रहेका कारण झाडी र जंगलमा परिणत भएको १ सय ३७ रोपनी जग्गामा यस वर्ष १ सय ५० वटा टिमुरका विरुवा रोपिएको छ । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकोले व्यावसायिकरूपले खेती शुरु गरिएको अधिकारीले बताए । 

थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने देखेर उक्त खेतीतर्फ अधिकारी परिवार आकर्षित भएको हो ।

स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाडी रहेको उक्त जग्गामा अहिले लटरम्म टिम्मुर फलेको छ । सोही जग्गामा अन्य आयआर्जन गर्न सकिने नवीनतम बिरुवा लगाउने सोचमा रहेको उनी बताउँछन्  ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठका अनुसार   कागतीकाबिरुवा खरिद र ढुवानीसहित खाल्टा खन्नेसमेत कार्यालयबाट  गत बर्ष आर्थिक व्यवस्थापन  गरिएको थियो । 

टिमुरको बजार मूल्य हाल प्रतिकिलो १८ सय देखि २ हजार सम्म  बजार अनुसार  रहेको छ ।

समुद्री सतहबाट एक हजार १०० देखि एक हजार १२ सय मिटरको उचाइमा रहेको सो ठाउँ  टिम्मुरका लागि उपयुक्त ठाउँ हो । 

वृक्षारोपणदेखि बिरुवाको संरक्षण तथा उत्पादित वस्तुको उपयोगका बारेमा सम्बन्धित निकायले कृषकलाई समयमै तालीमको व्यवस्था गर्नुपर्नेमा अधिकारीले जोड दिए  । 

२ देखि ६ मिटरसम्म अग्लो बोट हुने झाडी एवं सदाबहार प्रजातिको टिमुरको फल प्रशोधन गरेर तेल निकालिन्छ । टिमुरको तेल विशेषगरी दाँत दुख्दा निको पार्न र आयुर्वेदिक टुथपेष्ट बनाउने काममा प्रयोग गरिन्छ । साथै यसको प्रयोग अत्तर, साबुन  र स्याम्पुजस्ता वासनादार सामग्री उत्पादनमा गरिएको उनको भनाइ छ । 

अधिकारीको टिम्मुर खेती फर्ममा अहिले ३ जना कामदार नियमित रोजगारीमा छन् भने बिरुवा लगाउन खाल्डा खन्ने बिरुवा लगाउनका लागि  १० जनासम्म दैनिक ज्यालादारीमा काममा आउँछन् । टिमुर टिप्नका लागि दैनिक १२ जना कामदार प्रयोग भएपनि उनीहरुलाई प्रतिकिलो २ सयका दरले टिपेको  पारिश्रमिक दिने गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise