२०८२ असार २२ गते आइतवार / Jul 06 , 2025 , Sunday
२०८२ असार २२ गते आइतवार
Ads

२ फागुनमै निर्वाचनको माग गर्दै हस्ताक्षर

shivam cement
२०८१ माघ २९ गते ०६:२०
२ फागुनमै निर्वाचनको माग गर्दै हस्ताक्षर

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको निर्वाचन आगामी २ फागुनमै गर्न माग गर्दै दबाबका लागि हस्ताक्षर अभियान सुरु भएको छ ।

संघ कार्यसमितिले संख्या सय समाधानसहित विभिन्न कारण देखाउँदै २ फागुनका लागि तय भएको नयाँ कार्यसमितिको निर्वाचनसहितको साधारणसभा स्थगित गरी आगामी १७ असार २०८२ मा गर्ने निर्णय गरेपछि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र तराई वैदेशिक रोजगार व्यवसायी समाजले छुट्टाछुट्टै विज्ञप्तिमार्फत निर्वाचन तोकिएको समयमै गर्नुपर्ने माग गरेका थिए । 

गणतान्त्रिक मञ्चको आह्वानमा सोमबार धुम्बाराही क्षेत्रमा करिब १०० जना व्यवसायीले पूर्वनिर्धारित मितिमा नै कार्यसमितिको निर्वाचन गर्न माग गर्दै हस्ताक्षर गरेको मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङले मध्यान्ह दैनिकलाई जानकारी दिए । हस्ताक्षर संकलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का सांसद राजन दाहालको उपस्थिति थियो ।

उनले संख्या सय समस्याको समाधानका लागि विगतमा आफूले पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग सहकार्य र योगदान गरेको भन्दै त्यसैको बहानामा संघ कार्यसमितिको निर्वाचन रोक्नु तर्कसंगत नभएको बताए । उनले कार्यसमितिको निर्वाचन सुनिश्चितताका लागि संसद्देखि सबै ठाउँमा पहल गर्ने आश्वासन दिएका छन् ।

महासचिव दिमदोङले संकलन गरिएको हस्ताक्षर संघ र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि बुझाउने बताए । एसोसिएसन अध्यक्ष दीपक थापाले हस्ताक्षर अभियान संयुक्त रूपमा संचालन गरिएको भन्दै मंगलबारदेखि राजधानीका विभिन्न भागमा हस्ताक्षर संकलन अभियान गरिने बताए । उनले संघले दबाब महसुस गर्नेगरी विरोधका कार्यक्रम गरिने पनि जानकारी दिए ।

सोमबार बिहान संघको निर्वाचन रोक्ने निर्णयको विरोधमा रहेका संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको थियो ।

यता, संघका अध्यक्ष राजेन्द्र भण्डारी तथा पदाधिकारीहरूले भने व्यवसायीको इजाजत नवीकरणका लागि बाधक रहेको संख्या सय समस्याको समाधान, भवन खरिद प्रक्रिया टुंगोमा पुर्‍याउने र वैदेशिक रोजगार ऐन संशोधन, सेवा शुल्क परिमार्जनलगायतका थाँती रहेका महत्त्वपूर्ण काम पनि अनुभवी कार्यसमितिले टुंगो लगाउन सहज हुने विषयमा व्यवसायीहरूको आग्र पछि साधारणसभा र निर्वाचन सार्ने निर्णय गरिएको र कुनै आग्रह, पूर्वाग्रह नराखेको बताएका छन् ।

अध्यक्ष भण्डारीले साधारणसभा सार्नुमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको भन्दै मुख्यगरी व्यवसायीको इजाजत नवीकरणका लागि बाध्यत्मक बनेको संख्या सय समस्या  समाधानलगायतका विषय टुंगोमा पुर्‍याउन केही समयका लागि निर्वाचनको कार्यक्रम सारेको बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise