२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

मिडिया काउन्सिल विधेयक खारेजीको माग

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ २९ गते २२:१७
मिडिया काउन्सिल विधेयक खारेजीको माग

रौतहट : रौतहटका संचारकर्मीहरुले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल, सामाजिक संजाल विधेयक खारेजीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । 

श्रमजीवी पत्रकार संघ रौतहटले गौरको बीपी चोकबाट मुखमा कालो टेप टाँसी विभिन्न प्ले कार्डसहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो । 

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अनुपस्थिति भएपछि प्रशासकीय अधिकृत मनिष झालाई संघले ज्ञापन पत्र बुझाएको छ । 

श्रमजीवी पत्रकार संघका जिल्ला अध्यक्ष सन्तोष पौडेलले मिडियामाथि अंकुश लगाएर सरकार तानाशाह बन्न खोजिएको आरोप लगाए । उनले अविलम्ब उक्त विधेयकलाई खारेजी गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको बताए । 

विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्वअध्यक्ष रबीन्द्र प्रसाद साह, प्रभात झा, रामपुकार राउतसहित श्रमजीवि पत्रकार संघका पदाधिकारीहरु तथा संघ बाहिरका संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise