२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सूचना प्रणाली निर्माण गर्न सुझाव

Nada
२०८१ माघ ३० गते ०६:२०
Shares
सूचना प्रणाली निर्माण गर्न सुझाव

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको समितिले दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर सूचना प्रणाली निर्माण गर्नुपर्ने सुझाव दिएको छ । 

ncell

मन्त्रालयले सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा मन्त्रालय मातहत संचालित सूचना प्रणाली एकीकृत गरी सेवा प्रवाह गर्नेसम्बन्धी अध्ययन गर्न १० सदस्यीय समिति बनाएको थियो । समितिले तयार पारेको प्रतिवेदनमा आगामी २० वर्षपछिसम्म प्रभावकारी हुनेगरी प्रणाली बनाउन सुझाव दिइएको छ ।

हाल मन्त्रालयअन्तर्गत रोजगार व्यवस्थापन सूचना प्रणाली, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली, एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली, वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली, तालिम व्यवस्थापन सूचना प्रणालीलगायत करिब डेढ दर्जन प्रणाली प्रयोगमा छन् ।

समितिले वैदेशिक रोजगार प्रशासन र अन्य दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखी प्रणाली र प्राविधिक जनशक्तिको प्रबन्ध गरिनुपर्नेसमेत सुझाव दिएको छ । समितिले मन्त्रालय र मातहत कार्यालयमा कम्प्युटर र उपयुक्त जनशक्ति न्यून रहेकाले दरबन्दी थप गर्नुपर्ने भन्दै समितिले मन्त्रालयअन्तर्गत संचालन गरिएका एप्लिकेसन र सर्भर निर्माण गर्दा मन्त्रालयको सर्भर र नागरिक एपमा इन्टिग्रेड गर्न पनि समितिले सिफारिस गरेको छ ।

समितिले मन्त्रालयअन्तर्गत रेमी परियोजनाको प्रणालीमा रहेको आप्रवासी कामदारको तथ्यांक प्रयोग गर्न सक्ने, रोजगार सेवा केन्द्रको भूमिका पहिचान गर्नुपर्ने पनि सिफारिस गरेको छ । 

सम्बन्धित खबर