काठमाडौं : गीतकार तथा संचारकर्मी किस्ना आचार्य रोशनीको शब्दमा नेपाली लोकगीत ‘को नै छ र अरू’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा लोकप्रिय गायक गोविन्द मधुर आचार्य र गायिका सुनितामी परियारले आफ्नो सुमधुर आवाज भरेका छ्न् ।
गीतमा संगीत र संगीत संयोजन गायक आचार्यकै छ । यो गीतलाई गायक आचार्यकै अफिसियल युट्युब च्यानल ‘गोविन्द माधुर आचार्य’बाट सार्वजनिक गरिएको छ ।
‘को नै छ र अरू, मैले मनको पीडा पोख्ने को नै छ र अरू, मलाई यति जबाफ देऊ ए निष्ठुरी माया मुटुमा लागेको घाउ म कसरी भरूँ ?’ भन्दै आफू शून्य भएर पनि प्रेमिकालाई आफूले साथ दिएको भन्दै प्रेमीले गुनासो व्यक्त गरेका छन् । मनमा अगाध प्रेम भएर अलग बस्नुपर्दाका पीडा गीतमार्फत गीतकारले पोखेकी छन् ।
लामो समय गीत, संगीत क्षेत्रमै संघर्ष गरिरहेका ‘एक दिन उज्यालो छाउला’ सम्पूर्ण दर्शक, स्रोतामाझ लोकप्रिय बनेका आचार्यको पछिल्लो समयको व्यस्तता लोभलाग्दो देखिएको छ ।
‘सुनिमायालाई’लगायत धेरै गीतबाट लोकप्रियता कमाएकी गायिका परियारलाई यतिबेला मेला महोत्सवहरूमा भ्याई नभ्याई छ ।
गीत सिर्जनासँगै संचारकर्ममा लामो समयदेखि निरन्तर सक्रिय रोशनीका अरू थुप्रै सिर्जना सांगीतिक बजारमा आइसकेका छन् ।