२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

जनताको गुनासो सुन्न गाउँ पुगे मन्त्री राणा

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ ३० गते २०:३१
जनताको गुनासो सुन्न गाउँ पुगे मन्त्री राणा

प्यूठान : लुम्बिनी प्रदेश सरकारका शहरी विकाश तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) जनताको गुनासो सुन्न गाउँ घुमफिरमा व्यस्त छन् । उनी लुम्बिनी प्रदेश  सरकारले अगाडि सारेका विकास निर्माणका कामहरुमा जनताको धारणा तथा विकास निर्माणका योजना अनुगमन गर्न र स्थानीय जनताको सुझाव, गुनासो सुन्न गाउँमा पुगेका हुन् । 

मन्त्री राणा प्रदेश सरकारले दिएका विकासको अवस्थालाई मध्येनजर गर्दै विकास निर्माणका काम प्रभावकारी र सुशासनयुक्त बनाउन जनतासँग आग्रह गर्दै सरकारले गर्ने विकाश निर्माणका कामको स्थानीय जनता मालिक भएकाले अनुगमन गर्न र गुणस्तरीय काम गराउन र जनतालाई प्रदेश सरकारले गरेका कामहरुको बारेमा जानकारी दिन गाउँ पुग्ने गरेको मन्त्री राणाको सचिवालयले बताएको छ । 

मन्त्री राणाले सरकारी जुनसुकै काममा हुने ढिलासुस्ती, विकासमा हुने मनपरी तन्त्र र विकृति देखिएको खण्डमा सिँधै फोन गरेर मुख्यमन्त्रीमन्त्री सचिव वा सूचना अधिकारीलाई जानकारी दिन जनतालाई सचेत गराएका छन् । मन्त्री राणाले  भने, ‘लुम्बिनी  प्रदेश सरकारले विकासका क्रियाकलापमा सुशासन र पादर्शिता हुनुपर्नेमा जोड दिँदै आएको छ । विकासमा विवाद सिर्जना गर्ने र कमसल सामाग्री प्रयोग गर्नुहुँदैन । त्यस्तो गरेको कहिकतै गुनासो भए सरकारले नछाड्ने चेतावनी दिँदै आएका छन् ।’

प्रदेश सरकारका योजना तथा कार्यक्रमको स्थलगत अनुगमनमा गाउँमा पुगेका मन्त्री राणाले गुणस्तरहिन काम लुम्बिनी  प्रदेश सरकारलाई स्वीकार्य नहुने चेतावनी दिएको उनी निकट स्रोतको भनाइ छ ।

मंगलबार गृह जिल्ला प्यूठान पुगेका मन्त्री राणाले बुधबार दिनभर नौबहिनी  गाउँपालिका, प्यूठान बाहानेमा प्रदेश सरकारले गरिरहेका कामको स्थलगत अनुगमन गरेका थिए । मन्त्री राणाले दिनभर टोलटोलमा पुगेर जनताको गुनासो सुन्ने सुझाव लिने र सोही सुझावका आधारमा प्रदेश सरकार शहरी विकाश खानेपानी मन्त्रालयले आगामी वर्षको बजेट निर्माण गर्ने जनतासँग प्रतिबद्धता जनाएका छन् । 

मन्त्रीसहितको  टोलीले  प्यूठानका विभिन्न गाउँपालिका, नगरपालिकाहरुमा   सडक स्तरवृद्धि, स्थानीय सडक, सिँचाइ, कुलो, नमूना भवन लगायतका परियोजनाको अनुगमन बुधबार दोस्रोपटक गरेको हो । 

अनुगमनका क्रममा जनताले लुम्बिनी प्रदेश सरकार विकासमैत्री हुनुपर्ने, जनताका आवश्यकता परिपूर्तिमा केन्द्रित हुनुपर्ने बताएका थिए । 

जनतालाई मन्त्री राणाले पर्यटकले मनपराउने आलु, सिमी लगायतका स्थानीय वस्तुको उत्पादन गर्न आग्रह गरे । सरसफाइमा ध्यान दिएर पर्यटकका लागि होमस्टे बनाउन  लुम्बिनी  प्रदेश सरकारले  स्थानीय  सरकारसँग सहकार्य गरी आर्थिक रुपमा समृद्धि ल्याउने मन्त्री राणाको भनाइ छ ।

सडकको यात्रा सहज भएमा गाउँमा उत्पादित वस्तु निर्यात गर्न सजिलो हुने भन्दै स्थानीयले सडक कालोपत्रे गर्न प्रदेश सरकारसँग माग गरेका थिए ।

प्रदेश सरकारले भौतिक संरचना निमार्णमा जोड दिएको छ । सडकको यात्रा सहज भएमा गाउँमा उत्पादित वस्तु निर्यात गर्न सजिलो हुने भन्दै स्थानीयले सडक कालोपत्रे गर्न प्रदेश सरकारलाई माग गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise