२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

विद्यार्थीमाथि क्रूर व्यवहार

hardik ivf
दिवाकर अधिकारी
२०८१ फागुन १ गते ०६:३५
विद्यार्थीमाथि क्रूर व्यवहार

काठमाडौं : वालबालिकाको भविष्य निर्धारण गर्ने थलो हो– विद्यालय, जहाँ शिक्षक तथा कर्मचारीको प्रत्येक व्यवहारले नयाँ पुस्तालाई निर्देशित गरिरहेको हुन्छ । तर, तनहुँको भीमाद नगरपालिका– ६ स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलले यस्तो मान्यता खण्डित गरिदिएको छ । 

उक्त स्कुलका लेखापाल तथा शिक्षक सुष्मा श्रेष्ठले ४ जना विद्यार्थीको गालामा पन्युँ तताएर डामेकी छन् । विद्यार्थीलाई दिइएको यस्तो अमानवीय व्यवहारको चर्को आलोचना भएको छ । 

पन्युँले डामिएका विद्यार्थी १० वर्ष उमेरका छन् । पन्युँले डाम्ने श्रेष्ठ ३४ वर्षीया हुन् ।

विद्यार्थीले जिस्क्याएको आरोपमा प्रधानाध्यापककी छोरीसमेत रहेकी लेखापाल श्रेष्ठले घरबाटै पन्युँ तताएर लगेर विद्यार्थीको गालामा डामेकी हुन् । श्रेष्ठले मंगलबार कक्षा ४ मा अध्ययनरत विद्यार्थीलाई पन्युँ तताएर गालामा डामेकी हुन् ।

यो घटनाको विद्यार्थी संगठनहरूले विरोध गरेका छन् भने प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरीका अनुसार विद्यार्थीलाई तातो पन्युँले डाम्ने श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । श्रेष्ठलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई अनुमति पनि दिएको छ । 

सामाजिक संजाल प्रयोगकर्ता गणेश सुवेदी लेख्छन्, ‘यस्तो उग्र आवेगमा आउनेहरूले शिक्षण नगरेको ठीक हुन्थ्यो होला ।’ अर्थात्, शिक्षक कस्तो हुनुपर्छ भन्ने उनको आशय छ । किनभने, शिक्षकले विद्यार्थीलाई आफ्नै व्यवहारबाट समाज सिकाइरहेका हुन्छन् । शिक्षक नै उग्र भए विद्यार्थीले के सिक्ने ? भन्ने प्रश्न खडा भएको छ । 

विद्यार्थीमाथि यस्तो अमानवीय व्यवहार अन्यत्रसमेत भइरहेका उदाहरण छन् । शिक्षकले दिएका गृहकार्य नगरेको भनेर निर्मम तरिकाले पिटेका उदाहरण पनि छन् । 

भविष्यका सबैखाले मार्गहरूको निर्देशन गर्ने शिक्षकले विद्यार्थीमाथि शक्ति प्रदर्शन गर्दा विद्यार्थीले के सिक्छ भन्ने राज्यले नै सोच्न आवश्यक छ । कुनै पनि शिक्षकको कठोर भूमिका र शक्ति प्रयोगले विद्यार्थीको जीवनमा कम्पन ल्याउँछ नै ।

उनीहरूले ती अनुभवहरूलाई भविष्यमा कसरी लिन्छन्, आफैं वयस्क भएपछि अरूसँग कस्तो व्यवहार गर्छन्, कस्तो आचरण देखाउँछन् भन्नेजस्ता कुराहरू शिक्षकको व्यवहारबाट समेत निर्देशित हुन्छ । यस कारण शिक्षकलाई गुरु मानिनुपर्छ भन्ने धारणा छ ।

विद्यार्थीको आत्मसम्मानमा ठेस पुगे पनि शिक्षकले आफ्नो मर्यादा कायम गराउन आवश्यक हुन्छ । तर, शिक्षक र विद्यार्थीबीच यस किसिमको व्यवहार हुन नसकिरहेका उदाहरण बेलाबेला आउँछन् । तनहुँको पनि यो एक उदाहरण भएके एक शिक्षासेवी बताउँछन् ।

दण्डको चेतावनी दिएर विद्यार्थीलाई अनुशासन वा नियन्त्रणमा राख्ने शिक्षकको मनोविज्ञान गलत भएको उनको भनाइ छ । सिकाइका कदमलाई सजायसँग जोड्नु नै गलत हो भनेर शैक्षिक क्षेत्रमा बहस भइरहेका बेला तनहुँ घटनाले शिक्षकको मनोविज्ञान देखाइदिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise