२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

लालबकैया पुलबाट नदीमा हाम फालेका युवा बेपत्ता

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज ९ गते १९:३५
Shares
लालबकैया पुलबाट नदीमा हाम फालेका युवा बेपत्ता

रौतहट : ​रौतहटको मौलापुर नगरपालिका स्थित लाल बकैया नदीको पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन् । बाराको सिमरौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।

ncell

​शुक्रबार दिउँसो कचोर्वाबाट उपचारका लागि दाजु सिकिन्द्र यादवसँगै मोटरसाइकलमा गरुडातर्फ जाँदै गर्दा सो घटना भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश–०२–०६२ प ८५४८ नम्बरको मोटरसाइकलको पछाडि सवार सचिन्द्रले मौलापुर नगरपालिका–४ स्थित लाल बकैया नदीको पुलमा पुगेपछि अचानक मोटरसाइकलबाट ओर्लिएर नदीमा हाम फालेका थिए ।

​इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको कमाण्डमा १७ जना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको कमाण्डमा गोताखोरसहित ७ जना गरी कुल २४ जनाको सुरक्षाकर्मीको टोली खोजी तथा उद्धार कार्यमा खटिएको छ ।

ताजा खबर

सम्बन्धित खबर