२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

शिक्षा क्षेत्रको विकासका लागि सरकार गम्भीर हुन जरुरी

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ फागुन १ गते २०:४९
Shares
शिक्षा क्षेत्रको विकासका लागि सरकार गम्भीर हुन जरुरी

अर्घाखाँची : राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले शिक्षा बिनाको भौतिक विकासको कुनै अर्थ नहरने भएकाले गुणस्तरिय शिक्षा आजको मुख्य आवश्यकता रहेको बताएकी छन् ।

भूमिकास्थान ९, ढिकुराको शारदा माध्यमिक विद्यालयले आफ्नो ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा प्रमुख अतिथि समेत रहेकी  घिमिरेले बालबालिकाहरुलाई उचित शिक्षा दिनु राज्यको दायित्व पनि भएकाले समयानुकुल र प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताइन् ।  

विद्यालयको पूर्व विद्यार्थीसमेत रहेकी उपाध्यक्ष घिमिरेले बसाइँ सराई लगायतका कारणले सामुदायिक विद्यालयहरुको अवस्था खस्किँदो भएकाले राज्यले यसमा ध्यान दिनुपर्ने बताइन्  । गाउँघर रित्तिदै जानु चिन्ताको विषय भएको भन्दै उनले तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताइन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी, प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, नगर उपप्रमुख झविलाल बन्जाडे, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा, भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण खनाल, नेपाल पत्रकार महासंघका सचिव तथा पूर्व विद्यार्थी लक्ष्मण घिमिरे, अक्षयकोष दाता कृष्ण पोखरेल र पूर्व शिक्षक चुरामणी आचार्य लगायतले मन्तव्य राखेका थिए । विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक बिष्णु अधिकारीले प्रस्तुत गरेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर