काठमाडौं : महिलाहरुको महानपर्व हरितालिका तीज पर्व नजिकिँदै छ । आगामी तीजलाई लक्षित गरेर गायक सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाले नयाँ गीत बजारमा ल्याएका छन् । यी दुई कलाकारले नयाँ तीज भाका 'छमछम पाउजु' बजारमा ल्याएका हुन् । गीतमा पुरुष स्वरसँगै सुवर्णको शब्द र संगीत पनि रहेको छ ।
यसअघि थुप्रै गीत गाइसकेका सुवर्णको यो पहिलो तीज गीत हो । दीपाले यसअघि पनि तीज गीत ल्याइसकेकी छन् । यो तीज भाका सुवर्णले नै तयार गरेका हुन् । यसपटकको कोरोना संक्रमणबाट आफूहरूलाई सुरक्षित राख्दै र अहिलेको तनाव मुक्त गर्न यो गीतबाट अनुरोध गरिएको छ ।
दर्जनौं चलचित्र र करिब ५ सय अभिनय गरिसकेका अभिनेता राहुल श्रेष्ठको यो गीतमा अभिनय र नृत्य रहेको छ । गायिका, मोडल एवं ब्युटी न्युज नेपालकी समाचार संयोजक सरिता भारती र राहुल यो गीतमा जोडी बनेर प्रस्तुत भएका छन् । यी जोडीको नृत्य र अभिनयलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।
यो गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी छबी थापामगरले गरेका हुन् । जसमा मोहनिष श्रेष्ठको छायांकन रहेको छ । 'छमछम पाउजु' को भिडियोलाई भिडियो क्राफ्ट युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies