२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

shivam cement
मध्यान्ह
२०८१ फागुन २ गते २०:५२
फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

काठमाडौं : फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । अब उक्त क्षेत्रका ग्राहकहरूको दैनिक आवश्यक सामानहरूको किनमेल अझ सहज होस भन्ने उद्देश्यले कम्पनीले उक्त ठाउँमा आफ्नो सेवा विस्तार गरेको हो । सुरुवातमा वानमार्टको सेवा गैरिधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित रहेको थियो । अब ललितपुर क्षेत्रमा यो सेवा फैलिएको छ जसमा जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारी क्षेत्र समावेश रहेका छन् ।

यी क्षेत्रका ग्राहकहरूले अब सात सय भन्दा बढी गुणस्तरीय सामानहरू सजिलै अर्डर गरी तुरुन्त र भरपर्दो डेलिभरी प्राप्त गर्न सक्नेछन् । फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘हामी सधैं आफ्ना ग्राहकहरूको जीवनलाई अझ सहज बनाउने उपायको खोजीमा छौं, ललितपुरमा फुडमाण्डु वानमार्टको सेवा विस्तार गर्नु हाम्रो लागि थप अर्को एक सिढी हो जसले अब त्यस क्षेत्रका ग्राहकवर्गको दैनिक किनमेललाई पनि खाना अर्डर गरे जस्तै सजिलो बनाउनेछ ।’

यस विस्तारसँगै फुडमाण्डु वानमार्टले गुणस्तरीय सामानको तुरुन्त डेलिभरीका साथ साथै झन्झटमुक्त किनमेलको अनुभव प्रदान गर्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य राखेको छ । कम्पनीले आगामी दिनहरूमा अन्य धेरै क्षेत्रहरूमा सेवा विस्तार गर्दै अनलाइन ग्रोसरी किनमेलको बढ्दो मागलाई पूरा गर्ने योजना बनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise